अमेरिकी उपविदेशमन्त्री जियालाई यसरी गरियो स्वागत (फोटो फिचर)

अमेरिकी उपविदेशमन्त्री जियालाई यसरी गरियो स्वागत (फोटो फिचर)

काठमाडौं : अमेरिकी उपविदेशमन्त्री एवं नागरिक, लोकतन्त्र र तिब्बत मामिला संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपविदेशमन्त्री जियालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

भारतको हिमाञ्‍चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन्।

जिया नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपमन्त्री हुन्। नेपाल बसाईका क्रममा अमेरिकी उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।

अमेरिकी सरकारको तर्फबाट तिब्बती मामिला संयोजक जियाले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पछिल्लो अवस्था र उनीहरुले खेपिरहेका समस्याको बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.