अछामको साँफेबगरमा गठबन्धनका उम्मेदवार विजयी

अछामको साँफेबगरमा गठबन्धनका उम्मेदवार विजयी

अछाम : साँफेबगर नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र कुँवर ७ हजार २६५मत सहित विजयी भएका हुन्। कुँवरका निकटत प्रतिदन्द्धी नेकपा एमालेका पशुपति कुँवरले ५ हजार ३९मत प्राप्त गरेकी छन्।

उपप्रमुखममा समाजवादीका शिबबहादुर कुँवर `शिलोज´६ हजार ४३४ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिदन्द्धि  माओबादीका रंग ठकुल्लाले ५ हजार ३१४ मत पाएका छन्।

१४ वडा रहेको साँफेबगरमा ८ वडा कांग्रेसले, ३ एमाले, १ समाजवादी र २ स्वतन्त्रले जितेको छ।

वडा नं १ मा स्वतन्त्र नन्दसिंह ठकुल्ला, वडा नं २ कांग्रेसका सेतबहादुर कुँवर, वडा नं ३  मा कांग्रेसका कुलबहादुर कुँवर, वडा नं ४मा कांग्रेसका नवराज बुढा, वडा नं ५ मा कांग्रेसकै मक्र कुँवर, वडा नं ६ मा स्वतन्त्रका मिनबहादुर बोहरा, वडा नं ७ मा कांग्रेसका हिक्मत कडायत, वडा नं ८ कांग्रेसका कालुसिंह कुँवर, वडा नं ९ मा समाजवादीका दिपक कुँवर, वडा नं १० मा एमालेका ललित बोगटी, वडा नं ११ मा एमालेका रामबहादुर बोहरा, वडा नं १२ मा कांग्रेसका जनक कडायत, वडा नं १३ मा एमालेका रुपबहादुर कुँवर र वडा नं १४ मा कांग्रेसकै सन्जु थापा विजयी भएका छ्न्।

साँफेबगरमा काग्रेस-समाजवादी र एमाले-माओवादीबीच गठबन्धन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.