ललितपुरमा दोस्रो इनिङका लागि चुनिए चिरिबाबु, प्रतिद्वन्द्वी व्यन्जनकारले दिए बधाई

ललितपुरमा दोस्रो इनिङका लागि चुनिए चिरिबाबु, प्रतिद्वन्द्वी व्यन्जनकारले दिए बधाई

काठमाडौं : ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गर्दै चिरिबाबु दोस्रो कार्यकालका लागि मेयर चुनिएका हुन्। कुल ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत प्राप्त गरे भने व्यञ्जनकारले २४ हजार ५६० मत ल्याए।

चिरिबाबुको जितमा समर्थकले विजयी जुलुस निकालेका छन्। चिरिबाबुको विजय जुलुसमा प्रतिद्वन्द्वी एमाले उम्मेदवार व्यन्जनकार पनि सहभागी भएका थिए। उनले चिरिबाबुलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए।

व्यन्जनकार तिनै हुन् जसलाई अघिल्लो पटक पनि चिरिबाबुले हराएका थिए। तर त्यतिबेला ३२६ मतको मात्र रहेको मतान्तरलाई यसपालि चिरिबाबुले निकै फराकिलो झण्डै दोब्बर कायम गरेका छन्।

मंगलबार साँझ विजयी जुलुसमा सञ्चाकर्मीसँग कुरा गर्दै चिरिबाबुले यो कार्यकाल अझ बढी काम गर्ने बताए। उनले काठमाडौं महानगरपालिकामा जित सुनिश्चित गरेका मेयर बालेन्द्र साहसँग पनि सहकार्य गर्ने बताए।

ललितपुरको उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छन्। निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३३२ मतान्तरले पराजित गर्दै मञ्जली उपमेयरमा विजयी भएकी हुन्। शाक्यले २५ हजार ८४ मत प्राप्त गर्दा बज्रचार्यले १८ हजार ७५२ मत ल्याए।

एमालेकी शाक्यले पनि मेयर निर्वाचित चिरिबाबुसँगै विजयी जुलुसमा सहभागी भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.