तुलसीपुर उपमहानगरमा पछाडि पर्दै सत्तारुढ गठबन्धन, एमाले उम्मेदवारले बढाए मतान्तर
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन पछाडि परेको छ। मेयरमा गठबन्धनका उम्मेदवार गेहेन्द गिरीलाई पछाडि पार्दै नेकपा एमालेका टिकाराम खड्काले फराकिलो मतान्तर बनाएका हुन्।
७१ हजार १६६ मत गणना हुँदा एमालेका खड्काले ३० हजार ०३५ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन्। खड्काले गिरीलाई ३ हजार ३६६ मतले अग्रता लिएका हुन्।
यसैगरी उपमेयरमा एमालेका स्यानी चौधरीले २९ हजार ३४५ मत प्राप्त गर्दा गठबन्धन दलका एसका जोगबहादुर रानाले २० हजार १४४ मत प्राप्त गरेका छन् । चौधरी र रानाबीचको मतान्तर ९ हजार २०१ रहेको छ ।
वडा नं. १७ को मत परिणाम
वडा अध्यक्ष
प्रदिप चौधरी (सर्य) : ९१३
थलराज परी (रुख) : ९४१
वडा नं. १९ को मत परिणाम
वडा अध्यक्ष
प्रेमनाथ योगी (सुर्य) : ८३२
केशर बहादुर पुन (कलम) : ५७६