फिदिम नगरको पहिलो निर्णय : भुइँ स्याउलाई व्यवसायिक खेतीका रुपमा विस्तार गरिने, मोबाइल एप्स सञ्‍चालनमा ल्याउने

फिदिम नगरको पहिलो निर्णय : भुइँ स्याउलाई व्यवसायिक खेतीका रुपमा विस्तार गरिने, मोबाइल एप्स सञ्‍चालनमा ल्याउने

फिदिम : फिदिमका नवनिर्वाचित मेयर मित्रप्रसाद काफ्लेको अध्यक्षतामा बसेको पहिलो बैठकले सुशासनका लागि मोबाइल एप्स निर्माण गर्नेदेखि  'विपन्नसँग मेयर कार्यक्रम'  सञ्चालन गर्ने निर्णय गरेको छ ।  

बैठकले सुशासनका लागि एप्स निर्माण, आर्थिक विकासका लागि भुइँ स्याउको खेती, विपन्नहरुका लागि ‘विपन्नसँग मेयर कार्यक्रम’र कम आय भएका परिवारका सदस्यको मृत्यु भएमा नगरपालिकाले काजकिरिया खर्च उपलब्ध गराउने समेतका निर्णय गरेको हो ।

नगर क्षेत्रभित्रका विद्यालय, सवारी साधानमा हुने गतिविधिलाई निगरानी र नियन्त्रण गर्नका लागि एप्स निर्माण गर्न लागिएको हो । एप्समार्फत नगरपालिका मातहतका कार्यालयबाट सम्पादन हुने कार्यलाई पारदर्शी, भरपर्दो, छरितो र गुणस्तरीय बनाउने विश्वास गरिएको छ । 

एप्समार्फत कार्यालयमा हुने अबाञ्छित गतिविधिहरुको निगरानी र नियन्त्रण गर्न समेत सहज बताइएको छ । ‘एप्स निर्माणका लागि काम अघि बढिसकेको छ,' काफ्लेले भने, 'अब मोबाइलबाटै विद्यालय, सवारी सधान र कार्यालयमा हुने गतिविधिको निगरानी गरिन्छ ।'

 प्रदेश तथा स्थानीय सासन सहयोग कार्यक्रमअन्तर्गत एप्स निर्माण गर्न लागिएको हो । मेयर काफ्लेले आफूले पाउने सेवा सुविधा समेत नलिने निर्णय गरेका छन् । मेयरले पाउने सेवा सुविधाबाट ‘विपन्नसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरिएको हो । ‘मैले पाउने सेवा सुविधाबाट नगरपालिकामा कोष खडा गर्ने र उक्त रकम विपन्नहरुको सेवाका लागि काम गर्ने तयारी हो,' काफ्लेले भने । 

त्यस्तै, नगरको आर्थिक विकासका लागि भुइँ स्याउलाई व्यवसायिक खेतीको रुपमा विकास गर्ने निर्णय गरिएको हो । नगर क्षेत्रभित्र भुइँ स्याउको प्रचूर सम्भावना भएकाले त्यसको व्यवसायिक खेतीका लागि नगरपालिकाले विशेष कार्यक्रम अघि बढाउने तयारी गरेको हो । 

यस्तै,बैठकले कम आय भएका परिवारका सदस्यको मृत्यु भएमा काजकिरियाका लागि नगरपालिकाले पाँच हजार रुपैयाँ समेत उपलब्ध गराउने निर्णय गरेको छ।

 निर्णयमा हस्ताक्षर गर्दै फिदिमका नवनिर्वाचित मेयर मित्रप्रसाद काफ्ले । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.