तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा एमाले विजयी
दाङ : तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका टीकाराम खड्का निर्वाचित भएका छन् । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरी विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१६ मत ल्याए ।
यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरी निर्वाचित भएकी छन् । उपमेयरमा चौधरीले ३० हजार ५९७ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१ हजार ६५ मत प्राप्त गरे ।
घोराही उपमहानगरमा पनि एमालेका नरुलाल चौधरी र उपमेयरमा एमालेकै हुमा डीसी निर्वाचित भएका छन्।