खानेपानी समस्या समाधानका लागि फिदिम नगरपालिकाको चासो

खानेपानी समस्या समाधानका लागि फिदिम नगरपालिकाको चासो

फिदिम : पाँचथर सदरमुकाम फिदिम बजारमा खानेपानीको समस्या समाधानका लागि फिदिम नगरपालिकाले चासो दिएको छ। मेयर मित्रप्रसाद काफ्लेलगायत नगरपालिकाको टोलिले चासो दिएको हो।

बजारमा वितरण गरिएको पानी प्रयोग गर्नै नमिल्ने गरी धमिलो आउन थालेपछि मेयर काफ्ले समाधानका लागि कदम चालेका हुन्। काफ्लेसहित उपमेयर राधाकृष्ण न्यौपाने र फिदिम-१ का वडाध्यक्ष गजाधर भट्टराईले फिदिमको माथिल्लो गाँउमा रहेको ट्याङ्कीको निरीक्षण गरेर समाधानका लागि छलफल गरेका हुन्।

निरीक्षणपछि काफ्लेको टोलीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ सिंहसँग समाधानका उपायको बिषयमा छलफल गरेको हो। ‘समाधानका दुई चार ओटा विकल्पहरु देखिएका छन्,’ काफ्लेले भने ‘भरपर्दो र छिटो विकल्पको पहिचान गरेर समस्या समाधान गरिनेछ।’

ट्रिटमेन्ट प्लान्ट प्रयोग गर्न नमिल्ने भएपछि पानी फिल्टर हुन नसक्दा धमिलो पानी वितरण गर्नुपरेको खानेपानी कार्यालयका प्रमुख सिंहले बताए। ‘ट्रिटमेन्ट प्लान्ट वरिपरीको संरचना भत्किएको छ। संरचना भत्किएपछि समस्या आएको हो,’ सिंहले भने ‘संरचना मर्मत गरेपछि मात्र प्लान्ट प्रयोग गर्न मिल्छ।’

खोलामा मुहान थापेर ल्याएको पानी फिल्टर नभएपछि उपभोक्तालाई धमिलो पानी वितरण भएको हो। ‘फिल्टरेसन ट्यांक अर्को निर्माण गर्नुपर्ने देखियो,’ काफ्लेले भने ‘त्यसको लागि नगरपालिकाले पहल गर्छ। बजेट सुनिश्चितताका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने तयारी छ।’

मेयर काफ्ले र खानेपानी कार्यालयका कर्मचारीहरुको संयुक्त टोलीले ट्रिटमेन्ट ट्यांक मर्मत गर्ने, मुहान क्षेत्रमा कम्पाउण्ड गर्नेलगायतका विकल्पमा छलफल गरेको हो। ‘प्राविधिकको सल्लाह बमोजिम छिटो र उत्तम विकल्पमा काम गरेर समस्या समाधान गर्ने नगरपालिकाको चाहना हो,’ खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष भट्टराईले भने ‘बजारबासीलाई शूद्ध पानी खुवाउनका लागि तत्काल काम अघि बढाउनेछौँ।’

रानिटार र लुङरुपाकोबीचमा रहेको आप्तवा खोलामा मुहान थापेर फिदिममा पानी ल्याईएको हो। खोला आसपासमा सडक विस्तार गरेपछि वर्षातका बेला पानी धमिलो हुने गरेको छ। लेदोसहितको धमिलो पानी फिल्टरेसन ट्यांकीमा फिल्टर गर्न नमिलेपछि समस्या देखिएको हो। उपभोक्ताको घरमा धमिलो पाउन आउन थालेपछि समाधानका लागि नगरपालिकाले चासो दिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.