पाल्पाको बजेट ४ अर्ब ८ करोड २१ लाख

पाल्पाको बजेट ४ अर्ब ८ करोड २१ लाख

तानसेन : संघिय सरकारले आगामी आर्थिक वर्षको लागि पाल्पा जिल्लालाई ४ अर्व ८ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ।

तानसेन नगरपालिकालाई चालुतर्फ ५३ करोड ५१ लाख, पुजीगततर्फ १२ करोड ९५ लाखगरी ६६ करोड ५३ लाख, रामपुर नगरपालिकालाई चालुतर्फ ४४ करोड ३१ लाख, पुजीगततर्फ ५ करोड ५० लाखगरी ४९ करोड ८१ लाख विनियोजन गरेको छ।

तिनाउँ गाउँपालिकालाई चालुतर्फ २९ करोड १ लाख, पुजीगततर्फ १ करोड ५३ लाखगरी ३० करोड ५४ लाख, निस्दी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८९ लाख, पुजीगततर्फ ३ करोड ८६ लाखगरी ३९ करोड ७५ लाख, पुर्वखोला गाउँपालिकालाई चालुतर्फ २९ करोड ८९ लाख, पुजीगततर्फ २ करोड ९९ लाखगरी ३२ करोड ८८ लाख, रकम विनियोजन गरेको छ।

यसैगरी संघिय सरकारले बगनासकाली गाउँपालिकालाई चालुतर्फ ३२ करोड २७ लाख, पुजीगततर्फ २ करोड ४६ लाखगरी ३४ करोड ७३ लाख, माथागढी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ५८ लाख, पुजीगततर्फ ३ करोड ५ लाखगरी ३८ करोड ६३ लाख, रम्भा गाउँपालिकालाई चालुतर्फ ३० करोड २५ लाख, पुजीगततर्फ ४ करोड  गरी ३४ करोड २५ लाख, रिव्दीकोट गाउँपालिकालाई चालुतर्फ ३३ करोड ४ लाख, पुजीगततर्फ २ करोड ४० लाखगरी ३५ करोड ४० लाख र रैनादेवीछहरा गाउँपालिकालाई चालुतर्फ ४१ करोड १४ लाख, पुजीगततर्फ ४ करोड ५१ लाखगरी ४५ करोड ६५ लाख रुपैया विनियोजन गरेको छ। सरकारले पाल्पालाई चालुतर्फ ३ अर्व ६५ करोड १७ लाख, पुजीगततर्फ ४३ करोड ५ लाख बजेट विनियोजन गरेको हो।

चालु आर्थिक वर्षमाभन्दा आगामी वर्षको लागि तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पुर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रिव्दीककोट गाउँपालिका र रैनादेवीछहरा गाउँपालिकामा बजेट बढेको छ। तिनाउँ गाउँपालिका, माथागढी गाउँपालिकामा बजेट घटेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.