तत्काल मन्त्री नफेरिने

तत्काल मन्त्री नफेरिने

काठमाडौं : सत्ता गठबन्धनबीच  तत्काल मन्त्री नफेर्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरुको बैठकमा तत्काल मन्त्रीहरु नफेर्ने सहमति भएको हो।

आइतबार  नेकपा एकीकृत समाजवादीले कानुनमन्त्रीबाहेक अन्य पाँच मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई  मन्त्री बन्नेहरुको सूची बुझाएका थिए।

पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णयसँगै समाजवादी पार्टीका तर्फबाट मन्त्री भएकाहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई यथावत राखिदिन आग्रह गरेका थिए।

आइतबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्ना मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइ मेटमणि चौधरी, भवानी खापुङ ,जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई नयाँ मन्त्रीमा सिफारिस गरेको थियो।

पार्टीको  निर्णयविरुद्ध  आफ्ना मन्त्रीहरुले प्रचण्ड र प्रधानमन्त्री देउवासँग यथावत रहन दिएको दबाबप्रति अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.