जिसस सङ्खुवासभामा गठबन्धन विजयी, प्रमुखमा पुनः शाक्य

जिसस सङ्खुवासभामा गठबन्धन विजयी, प्रमुखमा पुनः शाक्य

सङ्खुवासभा : जिल्ला समन्वय समिति सङ्खुवासभामा गठबन्धका उम्मेदवार विजयी भएका छन्। मंगलबार भएको निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा बविता खत्रीसहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।

समन्वय प्रमुख दोस्रो कार्यकालका लागि प्रमुख पदमा शाक्य विजयी भएका हुन्। शाक्य नेकपा(एस)बाट निर्वाचित भएका हुन्। प्रमुख पदमा नेकपा(एमाले)ले कांग्रेसबाट चिचिला गाउँपालिकाको कार्यपालिका सदस्यमा विजयी राजेन्द्र घलेलाई स्वतन्त्र उम्मेवार उठाएको थियो।

स्थानीय तह निर्देशिका २०७८ को दफा ४५(५) बमोजिम स्वीकृत गर्न नमिल्ने भएको भन्दै घलेको उम्मेदवारी निर्देशिकाको दफा ४५(३) बमोजिम खारेज गरेपछि शाक्य निर्विरोध चयन भएका थिए। घलेको रित नपुगी उम्मेदवारी दर्ता भएको साथै आफैले उम्मेवारी फिर्ताका लागि निवेदन दिएकाले उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए।

उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसकी वविता खत्री ११ मत ल्याएर विजयी भएकी छन्। एमालेकी रेनुका माया गुरुङले ८ मत मात्र प्राप्त गरेकि छन्। सदस्यमा कांग्रेसका छेदर भोटे, मनोज कुमार थायुम, देउमान राई(याम्फु), भत्तीमाया गुरुङ र माओवादी केन्द्रका मणिराज खत्री, अरिता राई र शान्तिदेवि राई विजयी भएका छन्।

१० वटा स्थानीय तह रहेको यस जिल्लामा नेपाली काँग्रेस ९, एमाले ८, एकीकृत समाजवादी २ र माओबादी केन्द्र सँग १ मत थियो। गठबन्धन सँग १२ र एमाले सँग ८ मत रहेको थियो। जिल्ला समन्वय समिति निर्वाचनमा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले मतदान गर्ने छन्। गाउँसभा वा नगरसभाको सदस्यमा निर्वाचित भएको र नियमावलीको नियम ३८ (क) बमोजिम शपथ लिएको व्यक्ति जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको लागि उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ।

स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिल्ला समन्वय समितिको गठन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मंगलबार निर्वाचन सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.