ताप्लेजुङमा ५ दिने औद्योगीक पर्यटन मेला

ताप्लेजुङमा ५ दिने औद्योगीक पर्यटन मेला

ताप्लेजुङ : जिल्लाका औद्योगीक क्षेत्रको पहिचान गराउने तथा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले ताप्लेजुङमा औद्योगिक मेलाको आयोजना गरिएको छ। ५ दिन मेलाको १ नम्वर प्रदेशका उद्योग श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले बिहिबार उद्धघाटन गरेका छन्।

घरेलु तथा साना उद्योग महासंघ, घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा सञ्चालित मेलामा ३५ वटा स्टल रहेका छन्। जिल्लामा उत्पादित अल्लोको कपडा, ढाका कपडा, गलैंचा, छुर्पीलगायतका वस्तु छन्। ढाका कपडा लिएर तेह्थुम र आफ्नो जिल्लामा उत्पादित वस्तु लिएर पॉचथर, संखुवासभा, इलाम र धनकुटा देखिका उद्यमी आएका छन्। कार्यक्रमको मुख्य आकर्षक डोको, डालो, थुन्से, गजेरा बुन्ने रहेको आयोजक महासंघका सचिव हर्कराज गुरुङले जानकारी दिए। सो प्रतियोगिता बिहिबार सम्पन्न गरिएको छ।

बर्खाको समयमा कार्यक्रम राखिएको भन्दै आयोजकको आलोचना पनि भएको छ। चैत/बैशाखमै गर्ने तयारी भएको तर स्थानीय तहको निर्वाचनका कारण अहिलेलाई सारिएको महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारतीले दावी गरे। वर्षाले प्रभाव पार्न सक्ने भएकाले सामुदायिक भवनको भित्र र वाहिरको भागलाई प्रयोग गरिएको छ।

भवनभित्र हरेकदिन सांगीतिक तथा साहित्यीक कार्यक्रम हुने र बाहिर स्टलहरु रहने ब्यवस्था मिलाइर्एको छ। कोरोना संक्रमण अघिसम्म जिल्लामा पाथीभरा, कञ्चनजंघा जस्ता महोत्सव हुँदै आएका थिए। सदरमुकाम फुङलिङमा लाखेजात्रा, चासोक तङनाम जस्ता गतिविधि हुन्थे। संक्रमणपछि प्राय सवै गतिविधि ठप्प हुँदा आर्थिक गतिविधि चलायमान नभएको र त्यसकालागि पनि यस्ता कार्य गर्नुपर्ने घरेलु कार्यालयका प्रमुख युवराज घोरसाई बताउँछन।

मेलामा २० लाख जति खर्च हुने आयोजकको अनुमान छ। मेलाका लागि प्रदेशको उद्योग मन्त्रालय, घरेलु कार्यालय, स्थानीय तहले सहयोग गर्ने आयोजकले बताए।

मेलाको ५० हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.