पूर्वमन्त्री मिथिला चौधरीको निधन

पूर्वमन्त्री मिथिला चौधरीको निधन

राजविराज : पूर्व जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । क्यान्सरबाट पीडित पूर्व मन्त्री चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षा चौधरीले जानकारी दिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । त्यसबेला चौधरी नेकपा (संयुक्त)को सांसद रहेकी थिइन् । संविधान सभा २०७० को सभासद रहेकी चौधरी मन्त्री भएकै बेला नेकपा (संयुक्त) र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो । यसैबेला देउवाले मन्त्रिपरिषद पुर्नगठन गरी ६४ सदस्यीय बनाएका थिए ।

रामनारायणलाल दास र रुकमीनी कर्णकी छोरीका रुपमा वि.सं. २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर नगरपालिका–८ मा जन्मेकी चौधरीको विवाह सप्तरीको राजविराज–५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो । विवाहपछि नै राजनीतिक दलका नेताहरुको घरमा आवतजावत हुँदा उनी पनि राजनीतिमा संलग्न भएकी हुन् । चौधरी वरिष्ठ वामपन्थी नेता बिष्णुबहादुर मानन्धरबाट प्रभावित थिइन् । चौधरी नेपाल महिला फेडरेशन सप्तरीको अध्यक्ष समेत थिइन् । उनको श्रीमान, एक छोरा र दुई छोरी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.