जिसस ताप्लेजुङ : स्थानीय तहका लागि ल्याएको पुरानो टिकटले मनोनयन दर्ता गराएपछि...

जिसस ताप्लेजुङ : स्थानीय तहका लागि ल्याएको पुरानो टिकटले मनोनयन दर्ता गराएपछि...

ताप्लेजुङ : जिल्ला समन्वय समिति ताप्लेजुङको नेतृत्वका लागि गठबन्धनका तर्फबाट दुईजनाको उम्मेदवारी परेको छ। यसअघि गठबन्धनमा नेकपा माओवादी केन्द्रलाई जिसस प्रमुख पद दिनेगरी सहमति भएपनि नेकपा एकीकृत समाजवादीले पनि प्रमुख पदमा उम्मेदवारी दिएको हो।

शनिबार दिउँसो नेकपा माओवादी केन्द्रका तर्फबाट गंगाराम शंकर र गठबन्धनकै समाजवादीका छिरिङ लामाले मनोनय दर्ता गराए। माओवादीले भने प्रदेश कमिटी सचिवालय सदस्य मिङ्मा डण्डु शेर्पालाई गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बनाउने तयारी गरेका थिए। तर दिउँसो २ बजे नै शंकरले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए।

शंकरको प्रस्तावक र समर्थकमा मैवाखोला गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्रका जिल्ला सहईन्चार्ज विजय प्रकाश वनेम र सोहि गाउँपालिकाकी उपाध्यक्ष कमल कुमारी लिम्बू रहेका छन्। कमल कुमारी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

यता शेर्पाले पनि प्रदेश कमिटीबाट अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिङ्सो’ र सचिव गणेश उप्रेती ‘सुशील’ द्धारा हस्ताक्षरित टिकट ल्याएका थिए। तर गत स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ल्याईएको टिकटको प्रयोग गरेर शंकरले वनेम र लिम्बूको समर्थनमा सुटुक्क मनोनयन दर्ता गराएका थिए। ‘हामीले पार्टीको तर्फबाट मिङ्मा डण्डु शेर्पालाई जिसस प्रमुखको उम्मेदवार बनाउने तयारी गरेका थियौं। टिकट पनि उहाँले नै ल्याउनु भएको थियो।’ नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक विष्णूकुमार हाङवाङले भने ‘तर गत स्थानीय तहको निर्वाचन प्रयोजनका लागि तयार पारिएको टिकटको दुरुपयोग भयो।’

शंकरले मनोनयन दर्ता गराएको थाहा पाएपछि गठबन्धनमा खैलाबैला भएको थियो। जसअनुसार कांग्रेसकोसमेत सर्मथनमा समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका छिरिङ लामालाई प्रमुख पदको उम्मेदवार बनाउने सहमति गरे। यता नेकपा एमालेको तर्फबाट भने घनेन्द्र मादेनले मनोनयन दर्ता गराए। उनी यसअघिका पनि जिल्ला समन्वय समिति प्रमुख हुन्।

यता उपप्रमुख पदमा भने नेपाली कांग्रेसका कृष्ण प्रसाद लिङ्खिमको मात्रै उम्मेदवारी परेको छ। सो पदमा नेकपा एमालेले पनि मनोनयन दर्ता गराएन। उपप्रमुख पदमा यसअघि गठबन्धनका तर्फबाट नेकपा एसका लामालाई उम्मेदवार बनाउने तयारी थियो।

परिस्थिति फरक बनेपछि लामालाई प्रमुखमा र लिङ्खिमलाई उपप्रमुखमा गठबन्धनले उम्मेदवार बनाएको हो।
 
९ वटा स्थानीय तह रहेको ताप्लेजुङमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि १८ जना मतदाता रहेकाछन्। जसमा नेपाली कांग्रेस र नेकपा एमालेका समान ६–६ जना निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रबाट ५ जना र नेकपा एकीकृत समाजवादीबाट १ जना निर्वाचित भएकाछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.