जिसस ताप्लेजुङको प्रमुखमा समाजवादीका छिरिङ

जिसस ताप्लेजुङको प्रमुखमा समाजवादीका छिरिङ

ताप्लेजुङ : जिल्ला समन्वय समिति ताप्लेजुङमा गठबन्धनतर्फको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट प्रमुखमा नेकपा एकीकृत समाजवादीका छिरिङ लामा निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका घनेन्द्र मादेनलाई पराजित गरे। १८ मतदातामा लामाले १० मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी मादेनले ८ मत प्राप्त गरे। नौ वटा स्थानीय तह रहेको जिल्लामा गठबन्धन तर्फ १२ मत रहेको थियो। तर दुई मत भने लामालाई प्राप्त भएन।

जिल्लामा कांग्रेसका ६, एमालेका ६, माओवादीका ५ र एकीकृत समाजवादीका १ जनाले स्थानीय जितेका छन्। कांग्रेस, माओवादी र एकीकृत समाजवादीका अध्यक्ष र उपाध्यक्षको संख्या १२ छ। एमालेका अध्यक्ष र उपाध्यक्षको संख्या भने ६ रहेको थियो। तर गठबन्धन कै दुईजनाले लामालाई मत दिएनन्। जिसस प्रमुख, उपप्रमुख र समन्वय समिति सदस्यका लागि नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखले मतदान गर्छन्। उपप्रमुखमा कांग्रेसका कृष्णप्रसाद लिङखिम लिम्बू निर्विरोध निर्वाचत भए। बाँकी सबै सदस्य गठबन्धनकै उम्मेदवारले जितेका छन्।

गठबन्धनका सबै सदस्यहरुले भने १२–१२ मत प्राप्त गरे। नौं सदस्यिय जिल्ला समन्वय समितिका लागि दलित वा अल्प संख्यकतर्फ माओवादीका सन्तोष राई, महिलातर्फ कांग्रेसका चन्द्रकला दाहाल, सविता लिङदेन र हेमन्ता पौडेल विजयी भए। खुला सदस्यमा एकीकृत समाजवादीका रवीन्द्र कुमार वनेम, माओवादी केन्द्रका भूपाल मादेन र कांग्रेसका विष्णुप्रसाद तिवारी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए।

स्थानीय तह निर्वाचनअघि गठबन्धन दलहरुबीच नेकपा माओवादी केन्द्रले समन्वय प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख पाउने सहमति भएको थियो। माओवादी केन्द्रको आन्तरिक विवादका कारण एकीकृत समाजवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.