पोखरा -जोमसोम हवाई उडान सुरक्षित गराउन सरोकारवाला निकायबीच छलफल

पोखरा -जोमसोम हवाई उडान सुरक्षित गराउन सरोकारवाला निकायबीच छलफल

जोमसोम : पोखरा -जोमसोम हवाई उडान सुरक्षित गराउन सरोकारवाला निकायबीच छलफल भएको छ।

गत जेठ १५ गते पोखरा–जोमसोम हवाई उडानका क्रममा तारा एयरको जहाज दुर्घटना भएको र त्यसपछि उत्पन्न परिस्थिति ,घटनाको समीक्षा र दुर्घटना न्यूनिकरण गर्न लागू भएका थप निर्देशनहरुको विषयमा पोखरा नागरिक उड्यन कार्यालयमा बैठक बसी बृहत छलफल गरिएको हो। 

बैठकमा जहाज दुर्घटना न्यूनिकरण गर्ने सम्बन्धी पछिल्लो भइरहेको प्रगति र पहलको विषयमा सरोकारवाहरुलाई जानकारी गराइएको छ।

संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनको विशेष उपस्थितिमा पोखरा नागरिक उड्यन कार्यालयका निर्देशक विक्रम राज गौतम,प्रबन्धक जसोदा सुवेदी,अनुप जोशी,ईमानाथ अधिकारी,प्रभु हेलीका स्टेशन मेनेजर सुजन जोशी,एअर डाईनोष्टिकका बिर बिक्रम राणा,तारा एयरका राम लामिछाने,सिम्रिक एयरका स्टेशन इञ्चार्ज राजेन्द्र भण्डारी र समिट एयरका सन्तोष भण्डारीलगायतको टोलीले पोखरा–जोमसोम हवाई दुर्घटना न्यूनिकरण सम्बन्धी छलफलमा सहभागी जनाएको थियो।

पोखरा नागरिक उड्यन कार्यालयमा तारा एयरको जहाज दुर्घटना भएको १५ दिनपछि सरोकारवाला निकायबीच बृहत छलफल गरिएको हो । 

सो बैठकले ५ बुँदे छलफल तथा निर्णय गरेको पोखरा नागरिक उड्यन कार्यालयले जनाएको छ ।

बैठकमा पोखरा विमानस्थलका प्रमुख बिक्रम राज गौतमले ‘च्यालेञ्ज अफ एअर स्टाफ अपरेसन इन नेपाल’ विषयमा प्रस्तुतिकरण गरे । प्रस्तुतिकरणमा विमानस्थल प्रमुख गौतमले नेपाल र पोखरा–जोमसोम खण्डको भौगोलिक बनावट ,मौसमी अवस्था र यसको महत्वलाई आत्मसाथ गर्दै भीएफआर कन्डिसन र सीएफआइटी ( भू-भाग नियन्त्रित उडान) दुर्घटनाहरु किन र कसरी हुने गर्छन भन्ने विषयमा प्रकाश पारे ।

उनले हालसम्म भए गरेका दुर्घटनाहरुको तथ्यांकहरुको समीक्षा र विश्लेषण ,तालिम र प्राविधिक विषयहरु सञ्चार र समन्वयका बारेमा सरोकारवाला निकायसमक्ष प्रस्तुत गरे ।

नेपाल नागरिक उड्यन प्राधिकरणले जारी गरेको विज्ञप्ति ,भीएफआर उडानको सुरक्षा अभिवृद्धिसम्बन्धी प्राधिकरणको प्रधान कार्यालयको पत्र र जेठ २ गतेको इनोरोएट वयदरसम्बन्धी  प्राप्त र पोखरा विमानस्थल प्रमुखको संयोजकत्वमा पोखरा कार्यालयमा कार्यरत कर्मचारीबीचको छलफल र निर्णयहरु जानकारी गराइएको थियो ।

 छलफलमा संघीय सांसद प्रेमप्रसाद तुलाचनले जेठ १५ गते भएको तारा एयर जहाज दुर्घटनाको खोजी कार्य ,उद्दार र त्यसबीचमा भइरहेका प्रयासका बारेमा बैठकलाई जानकारी गराइएको थियो ।बैठकमा सांसद तुलाचनले पोखरा–जोमसोम हवाई मार्गमा बढी  मात्रा दुर्घटना भइरहेका र यसप्रकारका दुर्घटना न्यूनिकरण गर्न आफूले सक्दो सहयोग गर्ने बताए ।

सांसद तुलाचनले  जेठ २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई पोखरा–जोमसोम हवाई मार्गको म्याग्दीको घोरेपानीदेखि लेते खण्डसम्म उडाई उडान जोखिम र संवेदनशील रहेकाले त्यस स्थानमा मेटोरोजिकल स्टेशन र विमानस्थलसंग अविछिन्न सम्पर्क नछुट्ने सुनिश्चितता गर्न भिएचएफ रिपिटर स्टेशन स्थापनाा गर्न पत्राचार गरेको बैठकलाई जानकारी गराइएको थियो ।

बैठकमा उडानका हिसाबले निकै संवेदनशील रहेको पोखरा –जोमसोम हवाई मार्गको घोरेपानी देखि टुकुचे क्षेत्रमा जनशक्ति खटाई दैनिक मौसमी अपडेट पोखरा र जोमसोम नागरिक उड्यन कार्यालयलाई गराउन सकिने  र पोखरा–जोमसोम हवाई मार्गको उडान सुरक्षित गर्न सकिने जल तथा मौसम विज्ञान विभागले दिएको सुझाव समेत बैठकमा छलफल गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.