बलेफी तेम्बाथान मोटरबाटो निर्माणमा भ्रष्टाचार

बलेफी तेम्बाथान मोटरबाटो निर्माणमा भ्रष्टाचार

काठमाडौं : जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध  विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सिन्धुपाल्चोक जुगल गाउँपालिकामा बलेफी तेम्बाथान मोटरबाटो निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा हालेको प्रवक्ता एवं श्यामप्रसाद भण्डारीले जानकारी दिए।

इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रुपक घिमिरे,गाउँपालिका लेखापाल सतेन्द्र यादवलाई पनि प्रतिवादी बनाइएको छ। 

बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाले पनि भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
 
२०७४-०७५ मा मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरेको, झुट्टा विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्डबमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरे गराइएको, डोरहाजिर साथै माइन्युटमा पनि कीर्ते हस्ताक्षर गरेको साथै गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका अध्यक्षको मिलोमतोमा भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमा अख्तियारले अनुसन्धान गरेको थियो। 
उनीहरुविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा (१) बमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.