सुनको बिस्कुटसहित एक जना पक्राउ
महोत्तरी : महोत्तरी प्रहरीले सुनको बिस्कुटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकडारा गाँउपालिका-५ का ३५ वर्षिय सुशिल साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जलेश्वरले ९ लाख ७८ हजार ८ सय २४ रुपैयाँ मूल्य बरावरको ११६.५० ग्राम बजन भएको बिस्कुट आकारको सुनसहित साहलाई सोमबार सार्वजनिक गरेको हो।
आईतबार साँझको समयमा औरही नगरपालिका-४ कठुधारमा चेकजाँच गर्ने क्रममा साहले लगाएको जिन्स प्यान्टको खल्तीबाट सो सुन बरामद भएको प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश विष्टले बताएका छन् ।
पक्राउ परेको साहलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको डिएसपी विष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !