दैलेख र अछामका २५० जना किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री

दैलेख र अछामका २५० जना किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री

दैलेख :  दैलेख र अछाम जिल्लाका दुई सय ५० जना किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री दिइएको छ । 

अछामका एक सय ४५ र  दैलेखका एक सय पाँच जना किसानलाई सामग्री वितरण गरिएको हो । 

दैलेखको दुल्लु नगरपालिका र आठबीस नगरपालिका तथा अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाका किसानलाई सामग्री वितरण गरिएको हो । डीसीए नेपालको सहयोगमा सोसेक नेपालमार्फत यी चारवटा स्थानीय तहमा ग्रीन कर्णाली परियोजना सञ्चालित छ । परियोजनाले सामग्री सहयोग गरेको हो । 

दुल्लु नगरपालिका–२ को तरिया कृषक समूहका १५, भगवती बडापोखरा कृषक समूहका २०, राजमार्ग कृषक समूहका २० जनालाई सामग्री उपलब्ध वितरण गरिएको परियोजनाको उद्यम विकास अधिकृत पुस्करप्रसाद शर्माले बताए । 

यस्तै, आठबीस नगरपालिका वडा नम्बर २, ३ र ९ का लाँलीगुराँस कृषक समूहका १०, कालिका आमा समूहका १०, जनचेतना कृषक समुहका १५ र कालिका कृषक समूहका १५ जनालाई सामग्री दिएएको उद्यम विकास अधिकृत शर्माले जानकारी दिए । अछामको पञ्चदेवल विनायक नगरपालिका–३ र ९ का चिलतडा कृषक समुहका ३०, कर्णाली नमूना कृषक समुहका २५, नानाखाल कृषक समुहका ३० र सगरमाथा कृषक समुहका २० जनालाई सामग्री दिइएको छ ।

यस्तै अछामकै तुर्माखाँद गाउँपालिका–३ का सिद्धपाइला र त्रिवेणी कृषक समुहका २०/२० जना किसानलाई सामग्री वितरण गरिएको उद्यम विकास अधिकृत शर्माले जानकारी दिए ।  

‘जलवायु परिवर्तनको असर न्युनिकरण तथा किसानको आम्दानीमा वृद्धि हुने अपेक्षासहित किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री दिइएको हो,' उनले भने । 

किसानलाई वितरण गरिएको जलवायु तथा महिलामैत्री कृषि सामग्रीहरुमा गार्डेन पाइप, पञ्जा, पलास्टिक ड्रम, दाँते, ग्लोब्स, स्थायी र अस्थायी पोलीहाउस, पलास्टिक पोखरी तथा काँक्रा, टमाटर लगायतका बीउ छन् ।

किसानलाई झण्डै २८ लाख बराबरको सामग्री वितरण गरिएको हो । सोसेक नेपालका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले किसानलाई २७ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको बताए ।
महिला र विदेशीने युवाहरुलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने गरी ग्रिन कर्णाली परियोजनाले  काम गरिरहेको परियोजना संयोजक रन्जिता बिसीले बताइन् । 

‘जलवायु तथा महिलामैत्री पर्यावरणीय कृषि र लद्यु उद्यमहरुको प्रर्बद्धन तथा साना किसान विशेषगरी महिला र युवाहरुको उत्थानशिल जीविकोपार्जनमा योगदान पुर्‍याउने परियोजनाको लक्ष्य हो,'संयोजक बिसीले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.