विनोद शाही मुत्यु प्रकरण : मंगलसेन आसपास निषेधित क्षेत्र घोषणा

विनोद शाही मुत्यु प्रकरण : मंगलसेन आसपास निषेधित क्षेत्र घोषणा

अछाम : अछामको मंगलसेनमा निषेधित क्षेत्र घोषणा गरिएको छ।

पञ्चदेवल विनायक–४ का १६ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर प्रदर्शनले उग्ररुप लिन थालेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दे मंगलसेनको दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, बैरागी धारा, बस काउन्टर, मंगलसेन नगरपालिकाको कार्यालय र कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्र कुनै पनि विरोधका कार्यक्रम नगर्न भनेको छ।

विनायक घटनाका विषयलाई कर्मचारीलाई पटकपटक धम्की दिने, कार्यालयमा तोडफोड, दैनिक कार्यालयको कामकाजमा बाधा अवरोध हुने भएकाले निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

आन्दोलन र प्रदर्शनका कारण घटना अनुसन्धानमा बाधा पुगेको भन्दै निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ।

विनोद मृत्यु प्रकरणमा मुछिएकी पञ्चदेवल बिनायक नगरपालिकाका मेयर अम्बिका चलाउने लगायत ७ जनाको सोमबार अदालतमा पेसी थियो। स्थानीयहरुले गरेको प्रर्दशनका कारण पेसीमा सुनुवाइ हुन सकेन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.