दश दिन ढिलोगरि आयो सोनमा गाउँपालिकाको बजेट
महोत्तरी : निर्धारित समयभन्दा १० दिन ढिलो गरि सोनमा गाउँपालिकाको कार्यालयले ४३ करोडभन्दा रकमको अनुमानित बजेट ल्याएको छ।
मंगलवार गाँउपालिकाको छैठौ गाउँसभाकाबीच अध्यक्ष विशेश्वरप्रसाद यादवले आर्थिक बर्ष २०७९/०८० को लागि ४३ करोड ९८ लाख ४३ हजार बराबरको अनुमानित कार्यनीति प्रस्तुत गरेका हुन्।
गाउँसभाबीच अध्यक्ष यादवले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतमार्फत एक करोड, संघीय सरकारको राजश्व बाँडफाँटमार्फत १० करोड २६ लाख ९ हजार, संघीय सरकारको समानीकरण अनुदानमार्फत १२ करोड ८६ लाख, संघीय सरकारको सशर्त अनुदानमार्फत १५ करोड २८ लाख रुपैयाँ रहेको छ।
त्यस्तै प्रदेश सरकारको वितीय समानीकरणमार्फत ८३ लाख ३४ हजार, प्रदेश सरकारको विशेष अनुदानमार्फत ३० लाख, प्रदेश सरकारको सम्पूरक अनुदानमार्फत २० लाख, सडकबोर्डमार्फत २५ लाख र गत आर्थिक वर्षको संचित रकम तीन करोड गरि सो बजेट विनियोजन गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ।
स्वास्थ्यलाई विशेष प्राथामिकतामा राखि विनियोजन गरिएको बजेटमा शिक्षा, कृषिले पहिलो प्राथामिकता पाएको गाउँपालिका अध्यक्ष यादवले बताए। ‘यस पालिकालाई थप व्यवस्थित बनाउनका निम्ति संघीय र प्रदेश सरकारको साथै अन्य हरेक सरोकारवाला निकायसँग समन्वयन गरिनेछ। यसको साथै पालिकाभरिमा जनमैत्री विकासको लहर छाएर सुशासनको प्रत्याभुति ल्याउनेछु,’ उनले भने।
नीतिगत बजेट नै अधु्रो: वडाध्यक्ष यादव
अबेला गरि ल्याएको बजेट अधुरो रहेको गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार यादवले बताए। ‘यस बजेटप्रति हामीहरुको प्रत्यक्ष रुपमा असन्तुष्टि रहेको छ। यसलाई संशोधन नगरेसम्म हामीहरुको असहमति रहिरहनेछ,’ उनले भने।
शिक्षा नीतिमा अध्यक्षलाई बिना कारण जोडिनु, किसानलाई उपलब्ध गराउने सेवा सुविधा, बजेटमा आर्थिक पारदर्शी नरहेकोले यसलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको यादवको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !