बुढीगंगा नगरपालिकाको मतगणना सुरु

बुढीगंगा नगरपालिकाको मतगणना सुरु

बाजुराः बिहीबार सम्पन्न भएको  बुढीगंगा नगरपालिकाको निर्वाचनको मतगणना सुरु भएको छ। वडा नम्बर १ र १० को मतगणना सुरु 

भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहीबार भएको निर्वाचनमा साँझ निर्वाचन अधिकृतको कार्यालयले मतपेटीका बुझेर शुक्रबार बिहान सर्वदलीय बैठक बोलाएको थियो।

मतगणना  २/२ वडाको गरि गरिने सहमति भएको छ। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। बैशाख ३० गतेको निर्वाचनमा धाँदली भएको भन्दै रोकिएको निर्वाचन असार २३ गते कडा सुरक्षाका साथ शान्तिपूर्ण तरिकाले सम्पन्न भएको हो।

मतगणना अवधिभर बुढीगंगा नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिने प्रहरीले बताएको छ।

हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो। बुढीगंगा नगरपालिकाको मेयर पदमा एमालेबाट रामबहादुर बानियाँ र गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खाती चुनावी मैदानमा छन्।

उपप्रमुखमा एमालेबाट माया खड्का र गठबन्धनबाट नेपाली कांग्रेसकी रिता शाही उम्मेदवार बनेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.