बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता
बाजुराः जिल्लाको बुढीगंगा नगरपालिकाको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म २ हजार ७ सय मतगणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ १ हजार ५९२ मतका साथ अगाडि छन्।
गठबन्धनबाट कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले १ हजार ६२ मत सहित बाँनियालाई पछ्याइरहेका छन्। यस्तै, उपमेयरमा एमालेबाट उपमेयरको उम्मेदवार माया खड्का १ हजार ५ सय ५९ मतसहित अगाडि छिन्।
कांग्रेसकी रिता शाहीले १ हजार ९९ मत प्राप्त गरेकी छिन्। हालसम्म २ वटावडाको मतपरिणाम सार्वजनिक भैसकेको छ। वडा नम्बर १ र १० को नतिजा सार्वजनिक भैसकेको हो।
वडा १ मा एमालेका रणबहादुर थापासहित प्यानल नै विजयी भएको छ। एमाले उम्मेदवार थापाले ३ सय ५३ मत ल्याएर विजयी भए। कांग्रेसका वडाअध्यक्ष उम्मेदवार लोगबहादुर थापाले ३ सय १८ मत ल्याएका छन्। वडा नम्बर १० मा ५ सय ४८ मतकासाथ नेकपा एमालेका दलबहादुर साउद विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढा ४ सय ९१ मत ल्याए। बैशाख ३० गतेको निर्वाचनमा धाँदली भएको भन्दै रोकिएको निर्वाचन असार २३ गते कडा सुरक्षाका साथ शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो।
निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको छ।