बैंकको १८ करोड हिनामिना कसुरमा ७ वर्ष कैद

बैंकको १८ करोड हिनामिना कसुरमा ७ वर्ष कैद

दाङ : देव विकास बैंकको १८ करोड हिनामिनाको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख जरिवाना र ७ वर्ष कैद सजाय तोकिएको छ। उच्च अदालत तुलसीपुरले मंगलबार गरेको अन्तिम फैसलाले बैंकको नारायणपुर शाखा प्रबन्धक समीर बुढाथोकीलाई १८ करोड ३ लाख जरिवाना र ३ करोड ५० लाख बिगो जरिवाना गरेर उक्त सजाय तोकिएको अदालतका रजिष्टा«र यामबहादुर बूढा मगरले बताए। 

दाङमा केन्द्रिय कार्यालय रहेको साबिक वेष्टर्न डेभलप्मेन्ट बैंक मर्ज पछि बनेको देव विकास बैंकको नारायणपुर शाखामा १८ करोड हिनामिनाको मुद्दा उच्च अदालतमा परेको थियो। देव विकास बैंक नारायणपुर शाखा दाङमा १८ करोड हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीबारे उच्च अदालत तुलसीपुरले अन्तिम फैसला यस अघि सुनाएको थियो। तर पनि शाखा प्रबन्धकको ३ वर्षभन्दा बढी कैद सजाय हुने भएपछि मंगलबार पूर्ण सुनुवाइ भएको हो। 

समिर बुढाथोकीले साबिक वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि १५ महिनासम्म कर्जा खाताको भौतिक फाइल नबनाई बैंकिङ सफ्टवेयर प्रणालीबाट ३६ वटा कर्जा खाता खोलेका थिए। ती खाताबाट १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बराबरको कर्जा रकम सिर्जना गरेको पुष्टि भएको छ। 

५६ जना प्रतिवादीमध्ये ३३ जनालाई जरिवाना र कैद सजाय अदालतले तोकिसकेको छ। जसमध्ये ३३ जनालाई एकै साथ जरिवाना र कैदको फैसला भएको उच्च अदालतले जनाएको छ। अदालतका मुख्य न्यायाधीश नीता दीक्षित गौतम र न्यायाधीश राजुराम सिलवालको इजलासले बैंकका शाखा प्रबन्धकसहित अन्य ३३ जनालाई कैद र जरिवाना को फैसला सुनाएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.