प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेसित तालमेल हुन्छ : कमल थापा

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेसित तालमेल हुन्छ : कमल थापा

गोरखा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेसित तालमेल हुने बताएका छन् । 

प्रदेशस्तरीय प्रशिक्षणको कार्यक्रममा सहभागी हुन बुधबार गोरखा आइपुगेका अध्यक्ष थापाले तालमेल गरेको ठाउँबाहेक देशका सबै जिल्लाहरुमा राप्रपाकै चुनाव चिन्ह लिएर उम्मेदवार उठाउने बताए।

‘अहिलेसम्मको हामीहरुको कुराकानी र व्यहारलाई दृष्टिगत गर्दा नेकपा एमालेसित तालमेल हुने सम्भावना छ, 'उनले भने, 'तर हामी तालमेलका लागि खुल्ला छौँ,उनले भने,' अरुसित पनि हुन नसक्ने भने होइन ।'

 केपी ओलीको नेतृत्वमा मुलुकमा राजनीतिक स्थिरता र सम्वृद्धिको सुत्रपात भएकाले त्यसबाट प्रभावित भएर एमालेसित तालमेल गर्न आफू तयार गरेको उनको भनाइ छ ।

‘केपी ओलीको नेतृत्वमा विगतमा राजनीतिक स्थिरता र सम्वृद्धिका निमित्त जेजस्ता कामहरु भएका थिए, त्यसबाट हामीहरु प्रभावित छौँ,' उनले भने, ‘केपी ओलीकै नेतृत्वमा लिम्पियाधुरा, कालापानी समेटेर नेपालको नक्सा बनाइयो । पृथकतावादी एजेण्डा बोकेर हिँडेका सिके राउत र विप्लव नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएकाले हामी नेकपा एमालेसित निकट भएको महशुस गर्छौँ ।’
 
राजनीतिमा असम्भव भन्ने कुरा नहुने तर्क गर्दै उनले दुईवटा राप्रपा एकताको सम्भावना पनि रहेको बताए । ‘राजनीतिमा असम्भव भन्ने कुरा हुँदैन,' उनले भने, 'यदि राजसंस्थाको बारेमा उहाँहरुले पुनर्विचार गर्नुभयो भने पार्टी एकताको सम्भावना जहिल्यै पनि खुल्ला रहन्छ ।'

राजतन्त्रको एजेण्डा बोक्दा अरु एजेण्डा ओझेलमा पर्ने भएकाले सो एजेण्डा छोड्नु परेको उनले बताए । 

‘राजासित व्यक्तिगत वैमनस्यता भएर होइन, कि राजतन्त्रको एजेण्डा बोक्दा अरु सबै एजेण्डा ओझेलमा पर्ने देखियो,' उनले भने, 'लोकतान्त्रिक हिन्दु राष्ट्रको एजेण्डा छ, नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक रुपान्तरणको एजेण्डा बोकेर वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुनुपर्ने छ ।'

 लोकतान्त्रिक हिन्दुराष्ट्रको मान्यता बोकेको आफ्नो पार्टी मात्र भएको उनको दाबी छ । 'अहिले देशमा धर्मान्तरको डढेलो लागेको छ,' उनले भने, 'यो अत्यन्तै भयावह छ । यो धर्मान्तरणको महामारीबाट देशलाई जोगाउनु हाम्रो प्रमुख कार्यभार छ ।’ 

‘समाजवादी’ र ‘साम्यवादी’ राजनीतिक शक्ति मात्र भएको नेपालमा आफूहरु ‘कन्जर्भेटिभ’ राजनीतिक शक्ति स्थापित गराउन उद्दत रहेको उनले बताए । 

‘नेपालको राष्ट्रिय राजनीतिमा प्रमुख राजनीतिक धार भनेको साम्यवादी र समाजवादी धार मात्र हो,' उनले भने, 'संवद्र्धनवादी धार नेपालमा उठ्नै सकेको छैन । संसारभरि मुल रुपमा बामपन्थी र प्रजातान्त्रिक जत्तिकै कन्जर्भेटिभ पार्टी पनि उत्तिकै शक्तिशाली छ । अमेरिकाको रिपब्लिकन पार्टी, भारतको भाजपा, बेलायतमा कन्जर्भेटिभ पार्टी नै छ । कन्जर्भेटिभ पार्टी भनेको अनुदार होइन, संवद्र्धनवादी हो ।’ ४५ वर्षे राजनीतिक जीवन यात्राको उत्तराद्र्धमा नेपालमा कन्जर्भेटिभ शक्तिलाई राजनीतिक शक्तिको रुपमा स्थापित गराउने लक्ष्य राखेर आफू होमिएको उनले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.