गोरखा कारागारलाई पानी छान्ने उपकरण प्रदान
गोरखा : रोटरी क्लव अफ गोरखाले गोरखा कारागारलाई पानी छान्ने उपकरण प्रदान गरेको छ।
बुधबार क्लवका अध्यक्ष कृष्ण ढकालले एसपी केदार खनाल र कारागार शाखा प्रमुख गणेश भट्टराईलाई सो उपकरण प्रदान गरेका हुन्।
बर्खाका बेला पानीका कारण कैदीबन्दीलाई स्वास्थ्य समस्या नदेखियोस् भनेर पूर्व सावधानी अपनाउँदै पानी छान्ने उपकरण प्रदान गरेको क्लवका अध्यक्ष ढकालले जानकारी दिए।
यसअघि कारागारको पुरुष वार्डमा लायन्स क्लव अफ गोरखाले सो उपकरण दिएको थियो। महिला वार्डमा पनि यसको खाँचो परिपूर्ति गरेको भन्दै एसपी खनालले क्लवलाई धन्यवाद ज्ञापन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !