गोरखा सदरमुकामको नालीमा एक युवा मृत भेटिए
गोरखा : गोरखा सदरमुकाममा एक युवा मृत भेटिएका छन्।
गोरखा नगरपालिका वडा नम्बर ८ आले गाउँका २४ वर्षीय अनिष आले मगरको शव खोलखोलेस्थित सडकको नालीमा भेटिएको प्रहरीले जनाएको छ।
नालीभित्र झारीले छोपिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए।
बिहीबार बिहान साँढे ७ बजे स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उनको कानलगायत विभिन्न अंगमा चोटपटक समेत देखिएकाले घटना शंकास्पद रहेको एसपी खनालले बताए।
प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको एसपी खनालले बताए।
प्रतिक्रिया दिनुहोस !