प्रादेशिक अस्पतालमा बस्दैनन् डाक्टर

प्रादेशिक अस्पतालमा बस्दैनन् डाक्टर

जनकपुरधाम : मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा पुग्दा दिनको ठिक १२ बजेर ३५ मिनेट भएको थियो। 

ओपिडी कक्ष बिरामीहरूले भरिभराउ थियो। तर एकआध चिकित्सकबाहेक अन्य कुनैपनि विशेषज्ञ चिकित्सक समयमै आइपुगेका थिएनन्। 

१२:३५ बजे देखि डाक्टर कुरिरहेका बिरामीले ३ बजे सम्म कुरिरहे तर चिकित्सक आइपुगेनन्। 

ओपिडी कक्षको १९ नम्बर कोठा फिजिसियन/मेडसिन विभागका चिकित्सकहरू कोही पनि आईसकेको थिएनन्। 

बिहीबार क्रमश: चिकित्सकहरू, सिद्धिदात्री झा, डा. रामदेव चौधरी, डा. अजय कुमार यादव, डा. विपिन कुमार यादव, रामेश्वर महासेठ र डा. दिगविजय ठाकुर लगायतको ड्युटी थियो। 

तर एक जना पनि उपस्थित थिएनन्। बिहान ११ बजेदेखि पूर्जी कटाएर लाइन लागेको बिरामीहरू ३ बजेसम्म चिकित्सकको पखाइमा थिए। 

तर समयमै चिकित्सक नआउँदा कतिपय बिरामी फर्किएर निजीमा जान बाध्य भए भने कतिपय डाक्टर कुरेर बस्न बाध्य भए। 

'सरकारी काम, कसरी जान्छ घाम' भन्ने उखान जनकपुर प्रादेशिक अस्पतालमा लागु भएको हो क्यारे ! त्यसैले चिकित्सकहरू चेकजाँचमा हुँदैनन्। 

महोत्तरी सोनमा गाउँपालिकाका मणिभुषण प्रसाद कर्णले आमा खुट्टा सुन्निएर चिकित्सकसँग चेकजाँचका लागि आएका थिए। 'खुट्टा सुन्निएको छ, बाहिर लाइनमा अब आउँछ डाक्टर तब आउँछ भन्दै कबम्पाउण्डरले झण्डै २ घण्टा भन्दा बढी भयो तर डाक्टरको अत्तोपत्तो छैन। बिरामी निको हुन डाक्टर कहाँ आउँछन, तर यहाँ डाक्टरको लापरवाहीले झन बिरामी भएर जाउँछ,' उनले भने। 

महोत्तरीकी रिना कर्णले भनिन, '८ बजेदेखि नै लामो बिरामीको लाइन छ, बल्ल बल्ल डाक्टर देखाइयो। भनेको सबै जाँच गरेर आए तर रिपोर्ट हेर्न डोक्टर खोजेको घण्टौं भयो तर अत्तोपत्तो छैन। अस्पतालमा कतै डक्टर भने फेला पर्दैनन, विरामी आउँछन् भएका नर्सले उनीहरूलाई हेरे भने हेरे नत्र उनीहरू निजी अस्पताल नै जान बाध्य हुन्छन्।' 

अस्पतालमा चिकित्सकको दरबन्दी नभएको हैन। स्वास्थ्य विभागका अनुसार प्रादेशिक अस्पतालमा केही एकआध दरबन्दीबाहेक अन्य चिकित्सकको दरवन्दी पूरा छ। तैपनि अस्पतालमा डाक्टर फेला पार्नु भनेको मन्दिरमा भगवान फेला पार्नु जस्तै भएको सेवाग्राही कर्णको गुनासो छ।

गरिब दिन दु:खीको उपचारमा बसेर अस्पतालका डाक्टरलाई केहि फाईदा छैन। 
आफ्ना निजी क्लिनिक अनि प्राइभेट अस्पतालमा अन्य थप आम्दानी हुने तर अस्पतालमा हाजिर गरेर टाप कस्न पाइने भएकाले अस्पतालमा डाक्टरको अभाव हुने गरेको स्थानीय सुशिल कर्णको भनाइ छ। 

उनले भने, 'अस्पतालमा पुगेका विरामीले डाक्टर खै, भनेर सोधेमा नर्स उल्टै थर्काउछन, तपाईंलाई उपचार गर्नुछ, की डाक्टर खोज्नुछ।' 

कर्णले सहज हिसाबले अस्पतालमा डाक्टर भेट्नु र उपचार पाउनु भगवान पाउनु सरह भएको बताए।

अस्पतालमा सेवाग्राहीहरूको गाली खाँदै काम किन गर्नुहुन्छ ? अन्नपूर्णकर्मीको प्रश्नमा एक नर्सले नाम नछाप्ने शर्तमा भनिन, 'डा. सिद्धिदात्री झा आउनुभएको थियो तर १२ बजे भन्दा पहिल्यै निस्किएर जानुभो ! डाक्टर साब आउनुहुन्छ, हाजिर बनाउनु हुन्छ, फेरी निस्किहाल्नु हुन्छ हामी करारका कर्मचारी पहिल्यैका मेसुदेखि विकास समितिका अध्यक्षसम्मलाई पैसा दिएर जागिर खाएका हौं, फोकटमा त भगवान दर्शन हुँदैन, जागिरको त कुरा परै जाओस्।' 
अस्पतालमा काम गर्न नर्सले मेसुदेखि अस्पताल विकास समितिसम्मलाई घुस दिएर करारमा केही दिन अघि भर्ना भएको बताइन्। 

इन्टर्न विद्यार्थीको भरमा ल्याव तथा सिएम, एचएको भरमा धानेको प्रादेशिक अस्पताल चल्दा पनि विकास समिति र मन्त्रालय प्रदेश मन्त्रालय भने बेखबर भएको पेट दुख्ने समस्या लिएर चेकजाँचका लागि आएका जनकपुरधाम उप-महानगरपालिका ९ का आदर्श कुमारले बताए। 

उनले भने, 'सरकारी अस्पतालमा समस्या धेरै छ, हल कसरी गर्न भन्ने सोच कसैमा छैन, जसलाई समस्या परेको छ, उसले बोल्ने ठाउँ छैन् जसले समस्या समाधान गर्नुपर्ने हो, उसलाई वास्तै छैन, अनि समस्याको हल कसरी होस ?', 'हामीले सेवा कहिले पाउने? विरामी मरिरहने अस्पतालका डाक्टर आफ्नो नीजि क्लिनिक धाई रहने, मोटो रकम कमाइ रहने खेल भैसकेको छ।'

अस्पतालको शौचालय जान सक्ने अवस्था छैन्। सुधार एवं सफा गर्ने जिम्मा अस्पतालको हो, जसबाट रोग थप फैलन नदिन पनि अस्पताल हाता सफा राख्नु, शौचालय सफा एवं पानीको ब्यवस्था गर्नु अस्पताल प्रशासनको दायित्व भएपनि त्यसतर्फ कसैको ध्यान नगएको धनुषा क्षिरेश्वरनाथ नगरपालिकाका विन्देश्वर यादवले बताए। 

उनले भने, 'ज्वरो लागेर हिड्न सक्ने अवस्था छैन, हातखुट्टा सुन्निएको छ तर चिकित्सक कुरेर बस्न बाध्य छौं।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.