मुसहर बस्तीमा कालाजार प्रकोप

मुसहर बस्तीमा कालाजार प्रकोप

महोत्तरी : ६० को दशकमा कयौं महोत्तरीवासीको ज्यान लिएको कालाजार पछिल्लो समयमा पुनः देखापरेको छ। केही समय सुस्ताएको कालाजार गौशाला नगरपालिकाको मुसहर बस्तीमा एकैसाथ १२ जनामा देखिएको छ। 

वडा–५ गौशालाबजार, वडा–६ फुलकाहा र वडा–१० भरतपुरको मुसहर बस्तीमा उक्त रोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। बस्ती–बस्तीमा गएर मलेरियाविरुद्धको औषधि छर्कन र चेतनामुलक सन्देशहरू सम्प्रेषण गर्न स्वास्थ्य सरोकारवाला निकायले सक्रियताका साथ पहलकदमी देखाउन थालेका छन्।  

आर्थिक वर्ष २०७८/७९ मा गौशालामा  मात्र १२ वटा कालाजारको बिरामी फेला परे ।  एकडारा गाउँपालिकामा १ जनामा यो बिरामी फेला परेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। नगरपालिकाले बजेट छुट्ट्याएर नै कालाजारलगायतका रोग नियन्त्रण गर्न स्वास्थ्य रणनीति अपनाइएको नगरप्रमुख डा. दीपेन्द्र महतोले बताए। यसमा सबैको सहकार्य आवश्यक रहेकोले हरेकको नेतृत्वदायी भूमिकाको आवश्यकताप्रति डा. महतोले जोड दिएका छन्।

गौशाला क्षेत्र कालाजारको रूपमा परिणत हुँदै गएको तथ्य फेला परेपछि आफूहरूले यसतर्फ विशेष निगरानी बढाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा.भोला यादवले बताए। उनले भने, ‘महोत्तरीमा पछिल्लो समय कालाजारको बिरामी न्यूनीकरणतर्फ आइसकेको थियो। 

पछिल्लो समय सर्वसधारणले हेलचेक््र्याइ गरेकै कारण बिरामीहरूको संख्यामा बढोत्तरी भएको हो।’ आफूहरूले स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई समय–समयमा यसतर्फ सचेत गराउँदै बस्तीमा कालाजारविरुद्धको औषधि समेत छर्किएको डा. यादवले बताए। नगरपालिकालाई संवेदनशील भई कार्यसम्पादन गर्नुपर्ने आवश्यक रहेको मधेस प्रदेशका स्वास्थ्य निर्देशक डा. विजयकुमार झाले बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.