आगालागीबाट सङ्खुवासभामा एक घर जल्यो

आगालागीबाट सङ्खुवासभामा एक घर जल्यो

खाँदबारी : सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, ढुंगेधारामा एक घरमा आगालागी भएको छ। 

मंगलबार दिउँसो मोहनकुमार दलार्मी मगरको घरमा विद्युत सर्ट भएर आगालागि भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

दिउँसो १२ बजे तिर विद्युत् सर्ट भएर फुसको छानोमा आगो सल्किएपछि खाँदबारी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयले तत्काल आगो नियन्त्रण लिएका छन्। 

आगालागीबाट घरको फुसको छानो नष्ट भएपनि आगो नियन्त्रणमा आएका कारण खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री भने सुरक्षित रहेका छन्। 

आगो निभाउने क्रममा प्रयोग भएको पानीका कारण घरभित्रका सामग्रीहरु भिजेर सामान्य क्षति भएको प्रहरीले जनाएको छ। आगालागीबाट करिब एक लाख भन्दा बढीको क्षती भएको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.