हाम्रो पासपोर्ट किन कमजोर ?

हाम्रो पासपोर्ट किन कमजोर ?

काठमाडौं : मुलुकको पासपोर्ट विश्व वरीयतामा निकै कमजोर देखिएको छ। संसारभरिका पासपोर्टहरूको एक सर्वेक्षणले नेपाली पासपोर्ट पुछारतिर अर्थात् १०६औं स्थानमा देखाएको छ।  जबकी उत्तर कोरियाको पासपोर्ट नेपालको भन्दा एक स्थान माथि छ। 

बेलायती कम्पनी हेन्लिले सार्वजनिक गरेको अध्ययन (पासपोर्ट इन्डेक्स, २०२२) मा विश्वका  ११२ वटा मुलुकको वरीयता निर्धारण गरिएको हो। जसअनुसार नेपालको विश्वव्यापी वरीयता (ग्लोबल ¥याङ्किङ) सूचीमा पुछारतिर परेको छ। यसले परिवर्तित र प्रतिस्पर्धात्मक विश्व परिवेशमा परराष्ट्र सम्बन्ध सञ्चालन र व्यवस्थापन गर्न असहज हुने परराष्ट्र मामिला विज्ञहरू बताउँछन्। अनअराइभल भिसा दिने आधारमा सूची तयार पारेको हेन्लि पासपोर्ट इन्डेक्समा जनाइएको छ। इन्डेक्सअनुसार, पहिलो नम्बरमा जापान छ। जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमा भन्छन्, ‘स्थिर सरकार, बलियो अर्थ व्यवस्था  र कानुनी शासन कायम भएका कारण नै जापान वरीयताको पहिलो नम्बरमा पर्न सफल भएको हुन सक्छ।’

किन खस्कियो ? 

छिमेकी मित्र राष्ट्र, प्रमुख शक्ति राष्ट्र, विकास साझेदारलगायत सबै राष्ट्रहरूसँग मुलुकको सम्बन्ध मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्ध रहँदै आएको छ। पासपोर्टको कमजोर वरीयताले मुलुक र नागरिकको अवस्थालाई पनि सूचित गर्ने विज्ञहरू बताउँछन्। राजनीतिक स्थायित्व र आर्थिक समृद्धि हासिल गरेका  मुलुकको पासपोर्टको वरीयता पनि  उच्च हुने पूर्वराजदूत माथेमाको भनाइ छ। 

अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा र राष्ट्रिय सम्मान अभिवृद्धि  गर्ने दिशामा मुलुकको परराष्ट्र नीति परिलक्षित छ। नेपालले हालसम्म विश्वका १७७ वटा मुलुकसँग कूटनीतिक सम्बन्ध राखेको छ।

पूर्वराजदूत माथेमाका अनुसार  मुलुकभित्रको अवस्थाले पनि अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभाव पारिरहेको हुन्छ।  सुशासनको कमी, राजनीतिक अस्थिरता  र कमजोर आर्थिक अवस्थाले गर्दा पासपोर्टको वरीयता खस्किएको हो। ३८ मुलुकहरूले नेपाललाई अनअराइभल भिसा दिने गरेको  हेन्लि इन्डेक्समा उल्लेख छ। वरीयतामा नेपालभन्दा उत्तरकोरिया एक स्थान माथि छ। उत्तरकोरियालाई ४० देशले अनअराइभल भिसा दिन्छन्। 

परराष्ट्र विज्ञ डा. राजन भट्टराई मुलुकको आर्थिक, राजनीतिक, सामाजिक अवस्था खस्किएपछि पासपोर्टको वरीयता पुछारमा पर्ने बताउँछन्। ‘अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय मञ्चमा नेपालको प्रभावकारी उपस्थितिमा असर पुग्छ। मुलुकले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउँदै जान्छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा मुलुकको भूमिका कमजोर हुन पुग्छ,’ उनले भने।

पूर्वराजदूत लोकराज बरालका अनुसार नेपालको पासपोर्टको वरीयताको  पुछारमा हुँदा मुलुक र नागरिकको छवि पनि कमजोर हुन पुग्छ। ‘गैरकानुनी आप्रवासन भइरहेको छ। नेपालीहरू भागेर विकसित मुलुकमा जाने प्रवृत्ति बढ्दो छ,’ पूर्वराजदूत बराल भन्छन्, ‘कमजोर पासपोर्ट हुँदा शंका गर्ने, भिसा दिन आनाकानी गर्नेलगायतमा समस्या व्यहोर्नु पर्ने हुन्छ।’

फ्रान्सका लागि पूर्वनेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ पासपोर्टको वरीयता खस्कनुका कारण पहिल्याएर सुधार गर्नुपर्ने बताउँछन्। परराष्ट्र मन्त्रालयमा पूर्वशिष्टाचार महापाल श्रेष्ठ भन्छन्, ‘प्राविधिक पक्ष हो या अरू पक्षमा कमजोरी भएको हो ? त्यो खोजी गरेर सुधार गर्नुपर्छ।’ 

पासपोर्टको वरीयतामा जापानपछि दोस्रो नम्बरमा  सिंगापुर र दक्षिण कोरिया छन्।  मुलुकका नागरिकलाई १९२ मुलुकले अनअराइभल भिसा दिने रिपोर्टमा उल्लेख छ।  त्यस्तै, तेस्रोमा जर्मनी र स्पेन छन्।  फिनल्यान्ड, इटाली र लक्जेमबर्ग तेस्रो नम्बरमा परेका छन्। पाँचौं स्थानमा चार मुलुक पर्न सफल भएका छन्। अस्ट्रिया, डेनमार्क, नेदरल्यान्डस र स्विडेन रहेको एकै पाँचौं नम्बरमा रहेको हेन्लि रिपोर्टमा उल्लेख छ। 

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा माथि छ। भारत ८७औं स्थानमा छ। त्यस्तै, भुटान ९३, श्रीलंका १०३, बंगलादेश १०४औं स्थानमा छ। पाकिस्तान १०९ इराक १११औं स्थानमा छ। वरीयताको सबैभन्दा पुछारमा अफगानिस्तान छ। अफगानिस्तान ११२औं स्थानमा छ ।

नेपालीहरू भागेर विकसित मुलुकमा जाने प्रवृत्ति बढ्दो छ। कमजोर पासपोर्ट हुँदा शंका गर्ने, भिसा दिन आनाकानी गर्नेलगायतमा समस्या व्यहोर्नु पर्ने हुन्छ।

लोकराज बराल, पूर्वराजदूत


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.