टुट्दै सम्बन्ध, भत्किदै परिवार

टुट्दै सम्बन्ध, भत्किदै परिवार

ओखलढुंगा : एक दम्पतिले गत वर्ष नाबालक छोरी श्रीमानकै साथमा रहने र अंशबापत केही रकम श्रीमतीले पाउने गरि सहमतिमा अदालतबाट सम्बन्धबिच्छेद गरे। 

४ वर्ष विदेश बसेर नेपाल आएका श्रीमानसँग सम्बन्धबिच्छेद गर्न सँगै बसेको ५ महिना नबित्दै श्रीमती अदालतको ढोकामा पुगिन्। 

उनीहरूबीचको आपसी कलहको सुरुवात केही आर्थिक कारोबार र समाजमा श्रीमतीका कुरा काट्ने विषय थिए। ३० वर्ष उमेर र बिहे भएको पाँच वर्ष पूरा नहुँदै उनीहरूले पारिवारिक सम्बन्धबिच्छेद गर्ने निचोडमा पुगे। 

अघिल्लो वर्ष भारतीय सेनामा कार्यरत श्रीमानलाई साथैमा लिएर श्रीमती जिल्ला अदालतमा सम्बन्धबिच्छेदका लागि आइपुगिन्। 

उनले सम्बन्धबिच्छेद दुवै पक्षको सहमतिमा हुन लागेको बताएपछि अदालतका कर्मचारीले श्रीमान् छोडेर दुःख पाइएला नि भनेर सोधे। उनले सुख भन्दा साथ दिने ठूलो हुन्छ भन्ने जवाफ दिएकी थिइन्। 

सम्बन्धबिच्छेद गरेर अदालतबाट बाहिरिएपछि ती महिला उनले रोजेका अर्को पुरुषसँग बिहे गरेर हिँडेको स्थानीयले बताए। 

सम्बन्धबिच्छेद गर्न आउँदाका केही प्रतिनिधि घटना मात्रै हुन्, यी। 

'महिलाहरू घरेलुहिंसाबाट पीडित भएर सम्बन्धमा बस्न नसक्ने तथा पारिवारिक तनावका कारण पनि सम्बन्धबिच्छेद गर्न आउने गरेका अधिवक्ता बोध नारायण कट्वालले बताए। 

उनका अनुसार अधिकांश केशहरू वैदेशिक रोजगारीमा श्रीमान् गएपछि फर्केर आउँदासम्मका आर्थिक तथा समाजिक समस्या र नैतिक प्रश्नहरूले ल्याएका छन्' अधिवक्ता बोध नारायण कट्वाल भन्छन्। 

उनले श्रीमान् विदेशमा हुँदा देखिएका विचलनले सम्बन्धबिच्छेसम्म पुर्‍याएको र अधिकांश केशहरू त्यस्तै आउने गरेको बताए। 

आर्थिक वर्ष ०७८/०७९ मा ओखलढुंगा जिल्ला अदालतमा देवानीतर्फका मुद्दामध्ये ५३ प्रतिशत सम्बन्धबिच्छेदको दर्ता भएका छन्। 

देवानीतर्फ आधा बढी मुद्दा सम्बन्धबिच्छेदका रहेको अदालतका श्रेस्तेदार नविन खनालले बताए। उनले भने, 'यस्ता मुद्दा २० वर्षदेखि ३५ वर्ष उमेर समूहका छन्, पतिपत्नीसँगै नहुँदा सम्बन्धमा आउने दरार धेरै जसो विवादको कारण भएको बुझ्न सकिन्छ।'

जानकारहरूका अनुसार वैदेशिक रोजगारीमा गएका पुरुषको परिवारमा धेरै विचलन देखिएको छ। एक पटक भइसकेको घरबार भत्काएर नयाँ बनाउन नेपाली समाजको परम्परामा निकै कठिन र चुनौतिपूर्ण छ। 

'धेरैजसो युवायुवती सम्बन्धमा आएको आपसी दरारका कारण जीवनभर सँगै साथ दिने कसम खाएर जोडेका सम्बन्ध टुटाउन तयार हुँदा सुन्दर परिवार भत्किने मात्रै होइन आश्रित सदस्यहरू संरक्षक विहीन हुने गरेका छन्', ओखलढुंगा क्याम्पसका समाजशास्त्रका उप प्राध्यापक डा. भेषनाथ खनालले भने। 

जोडिँदै भत्किँदै गरिरहने सम्बन्धले पारिवारिक सौहार्दता मात्रै नभइ सुसंस्कृत समाजलाई भत्काउँदै लगेको उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.