सिटी रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

सिटी रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

झापा : झापामा सिटी रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्। 

जिल्लाको कमल गाउँपालिकाका-६ गुवाबारीस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको को ३८ प १२८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। 

दुर्घटनामा परी मोटरसाइकल चालक कमल-६ निवासी २४ वर्षीय रोशन कोइराला, सोही मोटरसाइकल पछाडि सवार कमल- ४ निवासी १९ वर्षीय रेवत सुबेदी, कमल-७ निवासी २१ वर्षीय भविन मगर र सिटी सफारीमा सवार कमल-५ निवासी ६५ वर्षीया सुकमाया माझी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। 

घाइते भएका मोटरसाइकल चालक कोइरालाको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको उनले बताए। 

घाइतेमध्ये सुबेदीको न्युरो अस्पताल विराटनगर, मगरको बिएण्डसी अस्पताल र माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ। 

यता इलाका प्रहरी कार्यालय दमकले सिटी चालक कमल- ६ निवासी ५२ वर्षीय दिलमान माझीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.