भद्रपुर नगरपालिकाले १०४ करार कर्मचारीमध्ये एक जनालाई मात्र हटायो

भद्रपुर नगरपालिकाले  १०४ करार कर्मचारीमध्ये एक जनालाई मात्र हटायो

झापा : राजनीतिक दबाबमा परेर भद्रपुर नगरपालिकाले एक जना करार कर्मचारीलाई जागिरबाट निकालेको छ।  

भद्रपुर नगरपालिकाका प्रशासन पक्षले कार्यपालिका बैठकको निर्णय विपरित भद्रपुर-६ स्थित वडा कार्यालयमा कार्यरत करार कर्मचारी (मासिक ज्यालादारी) रोशन राजवंशीलाई जागिरबाट निकालेको हो। 

रोशन कार्यालय सहयोगीको रूपमा वडा कार्यालयमा काम गर्दै आइरहेका थिए। उनलाई साउन १ गतेदेखि हाजिर नहुने गरी कामबाट निकालिएको छ। 

रोशनलाई नेकपा (एमाले)का तत्कालीन जनप्रतिनिधिको बहुमतले करारमा नियुक्त गरेका थियो। अहिले वडामा कांग्रेसको बहुमत छ। 

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रतिया राजवंशीले वडा समितिको बैठकमा समेत छलफल नगरी एकलौटी ढङ्गमा राजनीतिक प्रतिसोध साध्ने उद्देश्यले मेरो नाम मात्रै किटान गरी म्याद थप नगर्नु भनी नगरपालिकालाई असार ३१ गते ठाडो पत्राचार गरेको पीडित कर्मचारी रोशनले आरोप लगाएका छन्।  

सोही पत्राचारको आधारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले करार सेवा सम्झौताको म्याद थप नगर्ने भनी साउन १ गते वडा कार्यालयलाई लिखित पत्र पठाएको र सोही दिनदेखि मलाई हाजिर गर्न नदिएको उनले बताए। 

वडामा सचिवसहित दुई जना कार्यालय सहयोगी र दुई जना सामाजिक परिचालक कार्यरत छन्। सचिवबाहेक चारै जना कर्मचारी करारका हुन्। 

'उनीहरूको म्याद थप हुने र मेरो मात्रै म्याद थप नहुनेमा वडा अध्यक्षले राजनीतिकसँगै व्यक्तिगत प्रतिसोध साध्ने काम गर्नुभयो,' उनले भने, 'कार्यपालिका बैठकमा निर्णय नभएको कुरा नगरपालिकाका हाकिमले वडा अध्यक्षको पत्रको आधारमा एकलौटी निर्णय गर्न मिल्छ रु' 'करार नियुक्ति गर्दा कार्यपालिका बैठकले गर्‍यो, निकाल्दा बैठकको निर्णय चाहिँदैन र,' उनले थपे। 

'केही गल्ती गरेको खण्डमा स्पष्टीकरण माग्नेदेखि लिएर केही कानुनी प्रावधान हुन्छ,' उनले भने, 'त्यस्तो केही कमिकमजोरी नऔल्याइ एक्कासी एक जनालाई मात्र कामबाट निकाल्नु कतिको जायज हो।' 

रोशनलाई हटाएर वडा अध्यक्षले आफ्नो मान्छे करारमा नियुक्ति गर्न यस्तो चलखेल गरेको कर्मचारी स्रोत बताउँछ। वडा अध्यक्षले कसलाई नियुक्ति गर्ने बारेमा नाम समेत टुङ्गो लगाइसकेको स्रोतको दाबी छ। 

गत असार २४ गते नगरपालिकाको कार्यपालिका बैठक बसेको थियो। बैठकमा सशर्त अनुदान शीर्षकको ठेक्का तथा उपभोक्ता समिति मार्फत सञ्चालित योजनाहरूको खर्च र बाँकी रकम, योजनाको म्याद थप र विविध विषयमा बैठकमा छलफल भएको थियो। 

विविध शीर्षकमा छलफल हुँदा नगरपालिकाको करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको (अनुसूची २ बमोजिम) ६/६ महिना म्याद थप्ने निर्णय भएको कार्यपालिका सदस्यले विवेक राजवंशीले बताए। कर्मचारी निकाल्ने विषयमा केही निर्णय नभएको उनले प्रस्टाए। 

सोही निर्णय बमोजिम १०४ मध्ये करार र ज्यालादारीमा कार्यरत १०३ जना कर्मचारीको म्याद थपेको जनाइएको छ। तर, अनुसूची २ को नामावली सूचिमा रोशन राजवंशी नाम थिएन। 

रोशनको नाम नगरपालिकाले बैठक बस्नुअघि नै संयन्त्रपूर्ण पहिले नै हटाइसकेको थियो। रोशनको नाम हटाए पनि उनले असार ३२ गतेसम्म वडा कार्यालयमा जागिर खाएका छन्। अनुसूचीमै नराखेको कर्मचारीलाई नगरपालिकाले कुन शीर्षकबाट तलब खुवाएको भनी अहिले गम्भीर प्रश्न उठेको छ। 

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले करार तथा ज्यालादारी कर्मचारीलाई निकाल्ने विषयमा वडा अध्यक्षहरूसँग कार्यपालिका बैठकमा छलफल भएको बताए। 

सोही छलफल अनुसार ६ नम्बर वडा अध्यक्षले नगरपालिकालाई असार ३१ गते पत्र पठाएको हो। त्यसैलाई टेकेर नगरपालिकाले रोशन राजवंशीको करार सेवाको सम्झौता नथप्ने निर्णय गरेको उनले बताए। 

आवश्यकता अनुसार करार तथा ज्यालादारी कर्मचारी थप्ने वा निकाल्ने प्रमुख प्रशासकीय अधिकृतको एकल निर्णयबाट पनि हुने बताउँदै उनले भने, 'विवाद हुन्छ भनेर प्रक्रियागत तरिकाले उहाँको म्याद नथपिएको हो।' 

नगरपालिकाको कार्यपालिका बैठकमा नेकपा (एमाले) को बहुमत छ। बहुमत हुँदाहुँदै पनि एमाले नियुक्ति गरेका कर्मचारी निकाल्नु विषयमा जिज्ञासा राख्दा नेकपा एमाले जिल्ला उपसचिव असारु राजवंशीले भने, 'कर्मचारी हटाइएको बारेमा जानकारी पाएको छु, यथार्थ बुझदैछु, त्यस्तो परेमा पार्टीले एक्सन लिन्छ।' एमालेको बहुमत रहेको अघिल्लो स्थानीय सरकारले पार्टीगत स्वार्थ राखेर कुनै कर्मचारी ननिकालेको बताउँदै उनले भने, 'अहिले आएर कांग्रेसले एकलौटी ढङ्गमा कर्मचारी निकाल्नु कार्य आपत्तिजनक छ।'  


            


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.