स्कारपियोको ठक्करबाट सङ्खुवासभामा तीन वर्षीया बालिकाको मृत्यु

स्कारपियोको ठक्करबाट सङ्खुवासभामा तीन वर्षीया बालिकाको मृत्यु

खाँदबारी : सङ्खुवासभाको खाँदबारी-९, तुम्लिङटारमा स्कारपियोले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। 

शनिबार ११ बजे भएको दुर्घटनामा परि भोजपुरको षडानन्द-५ की मनिसा विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए।

तुम्लिङटारको बस पार्कमा बा २० च ९५०२ नम्बरको महेन्द्र स्कारिपियोले भूमिका विष्टको छोरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। 

दुर्घटनामा परि घाइते भएकी बालिकाको उपचार क्रममा मनकामना अस्पतालमा ज्यान गएको प्रमुख खत्रीले बताए। 

टाउको तथा वायाँ हातमा चोट लागि गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो। सवारी चालक गोविन्द श्रेष्ठ र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.