लागुऔषधसहित ३ युवक पक्राउ
महोत्तरी : महोत्तरीको औरही नगरपालिका ४ कठुधारबाट तीनजना युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका-१० का २२ वर्षीय विशाल सेन्चुरी, २७ वर्षीय प्रदीप सेन्चुरी र उनकी श्रीमती २६ वर्षीया दिलमाया भुजेल रहेका छन्।
उनीहरूको साथबाट ९९ पिस नाईट्रोभेट १० लेखिएको टयाव्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
सम्सीबाट गौशालातर्फ आइरहेको समयमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए।
जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !