गोरखामा २४८ औँ भीमसेन थापा जयन्ती मनाइयो

गोरखामा २४८ औँ भीमसेन थापा जयन्ती मनाइयो

गोरखा : नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मस्थान गोरखामा २४८ औँ भीमसेन जयन्ती मनाइएको छ। 

गोरखा नगरपालिका-४ पिपलथोकस्थित भीमसेन स्मृति उद्यानमा निर्मित पूर्ण कदको शालिकमा माल्यार्पण गरी भीमसेन जयन्ती समारोह मनाइएको हो।

राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले आयोजना गरेको सो समारोहमा गण्डकी प्रदेशका पूर्व मन्त्री तथा सांसद लेखबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण रानालगायतले माल्यार्पण गरेका थिए।

कार्यक्रममा बोल्दै सांसद थापाले इतिहास ऐतिहासिक कालखण्डमा योगदान दिनेहरुबाट सिक्न नसक्नेहरु बाँचेर पनि मरेतुल्य हुने बताए। 

'इतिहासका योद्धाहरु सबै सम्मानित हुँदैनन्', उनले भने, 'जस्तो जंगबहादुर। तर जसले राष्ट्र र जनताका पक्षमा योगदान दिएका छन्, तिनलाई बिर्सेर बाँच्नु बाँचे पनि मर्नुसरह हो। जस्तो भीमसेन थापा।'

३१ बर्ष मुख्तियारी चलाएका भीमसेन थापाले इष्ट इण्डिया कम्पनीको विस्तावादबाट मुलुक जोगाउन गरेको योगदान, दरबारको भाँडभैलोका बीच पनि मुलुकमा सुधारको काम गर्न पुर्‍याएको योगदान, सैन्य सुधार, निजामती कर्मचारी व्यवस्था, सामाजिक कार्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

साथै गोरखा नगरपालिकाका मेयर राना मगरले भीमसेन थापाको योगदानको उच्च कदर गर्दै नगरपालिकाले भीमसेन स्मृति उद्यान निर्माण गरेको उल्लेख गरे। साथै सो उद्यानमार्फत पर्यटन प्रवद्र्धनमा जोड दिने बताए। राष्ट्रिय विभूति भीमसेन थापाको उत्थान तथा भीमसेन थापा स्मृति उद्यान निर्माणमा स्थानीय अर्जुन प्रताप राणा लगायतका टोलीले गरेको कार्यको प्रसंसा गरेका थिए।

भीमसेन थापाको पुख्र्यौली थलो बोर्लाङमा पनि विभिन्न कार्यक्रम गरी भीमसेन जयन्ती मनाइएको छ। उनको पुख्र्यौली घर भएको ठाउँ भीमसेन थापा गाउँपालिका ८ मा औपचारिक कार्यक्रम गरी जयन्ती मनाइँदै गरेको प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिए। 

त्यहाँ भीमसेन थापा बोर्लाङ प्रतिष्ठानको आयोजना तथा भीमसेन थापा गाउँ पालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको छ।  

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार भीमसेन जयन्तीको अवसरमा सो गाउँपालिकामा सार्वजनिक विदा आव्हान गरिएको छ। 

पृथ्वीनारायण शाहले सञ्चालन गरेका राष्ट्रिय एकता महाअभियानमा योगदान पुर्‍याएका सानुकाजी अमरसिँह थापाका छोरा भीमसेन थापा नेपालका राष्ट्रिय विभूति हुन्। उनले रणबहादुर शाहको शासन कालमा काजीबाट मुख्तियारी सम्हालेका थिए।

मुख्तियार रहेकै बेला दरबारिया भाँडभैलोकै बीच उनलाई षड्यन्त्रमुलक रुपमा कैद सजायँ दिइएको थियो। कैदमा रहँदा पनि विभिन्न अपमान गरेपछि उनले सेरिएर आत्महत्या गरेको इतिहासमा उल्लेख छ। नौ दिनको चरम यातनापछि मृत्यू भएका उनको टाउको लगेर इष्ट इण्डिया कम्पनीले लण्डनको संग्रहालयमा अहिले पनि सुरक्षित राखेको बताइन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.