सखुवाको काठसहित मारुती भ्यान नियन्त्रण

सखुवाको काठसहित मारुती भ्यान नियन्त्रण

झापा : अवैध सखुवाको काठसहित एउटा मारुती भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरी चौकी माईधार र गैँडे सामुदायिक वनका कर्मचारीको संयुक्त टोलीले सोमबार बिहान पौने ६ बजे शिवसताक्षी १० बाट ४० क्युफिट काठसहित नियन्त्रणमा लिएको हो। 

मे १ च ११६४ नम्बरको मारुती भ्यान नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। 

गैँडे सामुदायिक वनबाट काठ तस्करी भइरहेको प्रहरीलाई सूचना आएको थियो। सोही सूचनाको आधारमा संयुक्त टोलीले भ्यानमा लोड गरी काठ ल्याउँदै गर्दा बाटैबाट बरामद गरेको डिएसपी पाठकले बताए। 

टोली पुग्दा काठ तस्कर समूह भागिसकेका थिए। यता भ्यान र काठ आवश्यक कारबाहीको लागि गैँडे सामुदायिक वन कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.