एउटै पदमा फरक-फरक तलब

एउटै पदमा फरक-फरक तलब

ओखलढुंगाः जिल्लाको सिद्धिचरण नगरपालिकाले करारमा कार्यरत समान पदका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई दिइने ज्यालामा विभेद गरेको पाइएको छ। नगरपालिकाले करारमा नियुक्त गरेका अहेब, अनमी र कार्यलय सहयोगीको तलब फरक फरक दरमा दिने गरेको हो। 

अहेबमा नियुक्त समान पद र तहका स्वास्थ्यकर्मीलाई १४ हजारदेखि २२ हजारसम्म तलब दिएको पाइएको छ। त्यस्तै अनमीलाई १४ हजारदेखी १८ हजारसम्म तलब सुविधा उपलब्ध गराएको छ। 

यसरी समान तहमा रहेर काम गर्दा फरक फरक सेवा सुविधा पाउने २ कार्यालय सहयोगी र १५ जना स्वास्थ्यकर्मी छन्। उनीहरुलाई असमान सुविधा दिने प्रचलन नीति संगत नभएको महालेखाको प्रतिवेदन २०७८ मा उल्लेख गरेको छ। 

स्वास्थ्यकै कार्यालय सहयोगीको तलबसमेत फरक फरक छ। अघिल्ला आर्थिक वर्षमा दिएको असमान तलबमानबारे महालेखा परीक्षकको प्रतिवेदनमा प्रश्न उठाइएको भए पनि नगरपालिकाले चालु वर्षमासमेत समान तहमा समान तलब सुविधा दिएको छैन। 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन लामाले पालिकाको स्रोत अभावका कारण विगतमा फरक फरक सुविधा दिएको र यो वर्षबाट जनही २ हजार थप गर्ने नगरपालिकाले निर्णय गरेको बताए। लामाका अनुसार क्रमश सबैलाई समान पद र तहका कर्मचारीलाई समान सुविधा दिने नगरपालिकाले नीति लिएको जनाए। 

नगरपालिकाले विगतमा श्रम ऐनले तोकेको न्यूनतम ज्यालाभन्दा कम दिने गरेको भन्दै कर्मचारीले गुनासो गर्दै आएका थिए। यस वर्ष २ हजार थपेर श्रम ऐनले तोकेभन्दा कम सुविधा नदेखाइए पनि समान भने दिइएको छैन। यस्ता काम नगर्न महालेखाले प्रतिवेदनमार्फत नगरपालिकाको ध्यानाकर्षण गराएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.