गुणस्तर सुनिश्चितता पाएको खुशीयालीमा नाचगान

गुणस्तर सुनिश्चितता पाएको खुशीयालीमा नाचगान

गोरखा : गोरखाको पहिलो सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन(क्यूएए) प्राप्त गरेको छ। त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितता पाएको खुशीयालीमा क्याम्पसले बुधबार नाचगान गरी खुशीयाली मनाएको छ।

१० वर्ष लामो प्रयासपछि गत असार २९ गते क्यूएए प्राप्त गरेपछि क्याम्पसले बुधबार उत्सव मनाएको हो। सो अवसरमा बुधबार बिहान सदरमुकामको ठूलो आँगनदेखि हरमटारीसम्म बाजागाजा, विभिन्न प्लेकार्डसहित प्रभातफेरि गरिएको थियो। क्याम्पसका शिक्षक, विद्यार्थी, सञ्चालक समिति, शिक्षाप्रेमीहरू सो र्‍यालीमा सहभागी थिए।

दिउँसो क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नाचगान गरेर उत्सव मनाएका थिए। क्याम्पस सञ्चालक समितिका अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, पूर्व मेयर राजनराज पन्त, क्याम्पस प्रमुख रामचन्द्र दुवाडी, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

उनीहरूले क्यूएए प्रमाणपत्र एकपटक पाएपछि सधैंलाई नपुग्ने भएकाले प्राप्त उपलब्धीको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए। 'द्रव्यशाह बहुमुखी क्याम्पसले ३८ वर्षको लामो यात्रापछि बल्लतल्ल क्यूएए प्राप्त गरेको छ', उनले भने, 'गुणस्तर मापदण्ड प्राप्त गर्न निरन्तर मिहिनेत गर्नुहुने प्राध्यापक, सञ्चालक समिति, विद्यार्थी सबै धन्यवादका पात्र छन्। तर यसलाई निरन्तरता दिनु चुनौति छ। निरन्तरता दिन पनि शुभकामना व्यक्त गर्दछु।'

द्रव्य शाह दौडेर राजा भएजस्तै अब शैक्षिक क्षेत्रमा पनि क्याम्पस प्रथम हुनुपर्ने उनको भनाइ थियो। गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले यहाँबाट शिक्षा र ज्ञान आर्जन गरी जाने विद्यार्थीको भविष्य पनि उज्ज्वल रहने विश्वास व्यक्त गरे। 'द्रव्यशाह क्याम्पसले क्यूएए प्राप्त गर्नु समग्र गोरखा र गोरखा नगपालिकाका लागि गौरब कुरा हो', उनले भने, 'आगामी दिनमा क्याम्पसको भौतिक र शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि क्याम्पसका पदाधिकारीहरूसँग छलफल, समन्वय र सहकार्य गरेर नै नगरपालिका अगाडि बढ्न तयार छौँ।' गोरखा नगरपालिकालाई शैक्षिक हव बनाउने उद्देश्य रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.