पहिरोको जोखिम बढ्यो, चार परिवार विस्थापित

पहिरोको जोखिम बढ्यो, चार परिवार विस्थापित

ओखलढुंगा : ओखलढुंगाका ग्रामीण वस्तीमा पहिरोको जोखिम बढेको छ। साउन यता हुन थालेको भारी वर्षाका कारण पहिरोबाट सर्वसाधारण पीडित मात्रै बनेका छैनन्, विस्थापितसमेत हुन थालेका छन्। 

अघिल्लो हप्ता मोलुङ्ग गाउँपालिका वडा नं. ७ पात्लेमा पहिरो जाँदा घर गोठ बगाएको थियो। पहिरोबाट भएको २ घर विस्थापित भएका छन्। ७ परिवार उच्च जोखिममा परेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए। 

मंगलबारको झरीका कारण सिद्धिचरण नगरपालिकामा ९ ज्यामिरेमा पहिरोका कारण दुई घर जोखिममा परेका छन्। गहतेका लिला श्रेष्ठ र बेग कुमार श्रेष्ठको घर जोखिममा परेको मात्रै परेको छैन घरमा बसोबास गर्न असुरक्षित रहेको स्थानीयले बताए। 

दुईघरको बीचभाग हुँदै घरमाथिबाट खसेको पहिरोका कारण उनीहरुको घर जोखिममा परेको सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका वडा अध्यक्ष गुणबहादुर खड्काले जानाकारी दिए। वर्षाका कारण घरमाथिबाट खसेको पहिरोले घरको केही भाग समेत क्षति पुगेको छ। पहिरो पिडीत श्रेष्ठ परिवारलाई हाल उद्धार गरेर आफन्तको घरमा राखिएको छ। वडा कार्यालयले पहिरो पन्छाउने काम गरिरहेको जनाएको छ।

जिल्लाभर यस्ता समस्या बढीरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयले अपिल गरेको छ। घटनापछि उद्धार भन्दा पहिले सुरक्षित रहनु नै उपयुक्त हुने भएकाले जोखिममा परेका व्यक्तिको राहत तथा उद्धारमा सबै पक्षको सहयोग आवश्यक हुने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.