बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मीविरुद्ध अभद्र व्यवहार मुद्दा

बालकलाई कुटपिट गरेको अभियोगमा स्वास्थ्यकर्मीविरुद्ध अभद्र व्यवहार मुद्दा

ओखलढुंगा : १० वर्षीय बालक मरणासन्न हुने गरी कुटपिट गरेको अभियोगमा एक स्वास्थ्यकर्मीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ। पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले आरोपित सिद्धिचरण नगरपालिका ११ रामबजारका सम्झना श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालले जानकारी दिए।  

उनी ओखलढुंगा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी हुन्। आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। आरोपित श्रेष्ठले २०७९ साउन ७ गते दुई बालबालिका खेल्ने क्रममा भएको समान्य विवादलाई लिएर छिमेकमा डेरा गरी बस्ने १० वर्षीय बालकलाई कुटपिट गरेका थिए। कुटपिटबाट बालकको शरीरको विभिन्न भागमा निलडाम रहेको र बान्ता गरिरहने  बालककी आमा विमला बस्नेतले बताइन्। जिल्लामा उपचार नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

बालकले बान्ता गरिरहने समस्या आएको र समस्या यकिन गर्न सिटी स्कान नै गर्नु पर्ने भएकाले बालकलाई जिल्ला बाहिर रेफर गरेको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ। बालकलाई उपचारका लागि न्यूरो अस्पताल काठमाडौं लगिएको छ।

घटनापछि पीडक पक्षले घटना सार्वजनिक नगर्न, प्रहरीमा उजुरी नगर्न पीडित परिवारलाई दवाव दिएको जिल्ला प्रहरीमा समेत उजुरी दर्ता नगर्न विभिन्न निकाय र व्यक्तिबाट दवाव दिएकाले घटना भएको ४ दिनपछि मात्रै प्रहरीमा मुद्दा दर्ता भएको पीडित पक्षको गुनासो छ।

आरोपित श्रेष्ठले भने आफूले कुटपिट नगरेको तर, उच्छृंखल भएको सम्झाएको मात्रै बताइन्। उनले उपचार गर्न आफूखुसी काठमाडौं लगेको र बच्चालाई त्यस्तो केही नभएको प्रतिक्रिया दिएकी छन्। प्रहरीले भने अस्पतालको रिपोर्ट आउन बाँकी रहेको र हाल घटना अनुसन्धानमा रहेकाले  बजार हल्लाको पछि नलाग्न भनेको छ।  पीडित पक्षले ज्यान मार्ने उद्योगमा जाहेरी हाल्ने तयारी गरे पनि दावावपछि अभद्र व्यवहारमा जाहेरी दिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.