गोरखाकी मनिकाले ल्याइन ४ जीपीए

गोरखाकी मनिकाले ल्याइन ४ जीपीए

गोरखा : गोरखा नगरपालिका-८ स्थित वल्ड क्यापिटल माध्यमिक विद्यालयकी मनिका सिर्मलले ४ जीपीए ल्याएकी छिन्। 

बुधबार प्रकाशित २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मनिकाले ४ जीपीए ल्याएर जिल्लाकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेकी हुन्।

गोरखामा चार जीपीए ल्याउने उनी पहिलो परीक्षार्थी हुन्। राजधानीबाहेकका जिल्लाबाट ४ जीपीए ल्याउने कम छन्। तीमध्ये उनी एक हुन्।

२०७८ सालको एसईईमा देशभरबाट चार लाख ७३ हजार एकसय ११ जना सहभागी भएकामा गोरखाबाट चार हजार आठ सय २९ सहभागी थिए। साधारणतर्फ चार हजार सात सय ५५ जना र प्राविधिकतर्फ ७४ जनाले एसईई दिएका थिए।

उनीहरूमध्ये २०७८ सालको एसईईमा गोरखाको साधारणतर्फको औसत जीपीए २.३७ र प्राविधिकतर्फको औसत जीपीए २.६३ रहेको छ। साधारणतर्फ ३७ जनाले ए प्लस ल्याएका छन्। प्राविधिकतर्फ दुई जनाले मात्र ए प्लस ल्याएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.