मिसेस हङकङको मोडलिङ

मिसेस हङकङको मोडलिङ

 हङकङ : नेपाली महिला संघको आयोजनामा विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस हङकङ २०१८ आयोजना गरिएको थियो।  पूर्वमिस नेपाल सुगरिका केसी र मोडल विनोदकुमार बस्नेतको संयुक्त कोरियोग्राफी रहेको प्रतियोगितामा पविता पुमा राईले मिसेस हङकङको ताज जितिन्। प्रतियोगितामा बेष्ट फोटोजेनिक र फ्रेन्डसिपको उपाधी जितेकी मञ्जु थापा र बेष्ट स्माईल करुणा प्रधानले म्युजिक भिडियोमार्फत अभिनय यात्रा शुरु गरेका छन्। सामाजिक अभियानमा पनि सक्रिय यी सुन्दरीहरूले दृढ ईच्छा र अभिनय मोहका कारण भिडियोबाट अभिनय करियर सुरु गरेका छन्। 

लोकगायनमा समेत अब्बल मञ्जुले केही गीतमा स्वर र भिडियोमा अभिनय गरिसकेकी छिन्। मञ्जुको गृह जिल्ला पाल्पा हो। आफ्नो ठाउँलाई पर्यटकीय केन्द्रकारुपमा विकास गर्ने हेतुले भिडियो बनाउने उनले सुनाइन्। पाल्पाको रानी महलको पृष्ठभूमीमा भिडियोलाई छायाङ्कन गरिएको छ। भिडियोमा मञ्जु र नायक धिरेन शाक्यको रोमान्स देख्न सकिन्छ। उत्तम हुमागाईको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादनमा कमल राईले भिडियोलाई निर्देशन गरेका छन्। 

नायक धिरेन शाक्य आफ्नो जन्म स्थानको पर्यटन प्रर्वद्धन गर्न पाउँदा गौरव महशुस भएको बताउँछन्। सयौं नेपाली चलचित्रमार्फत दर्शकको प्रिय बनेका शाक्य र मञ्जुको अभिनयमा लोकप्रिय गायक आनन्द कार्की र साधना सरगमको स्वर छ। आनन्द अधिकारीको शब्द र सचिन सिहंको संगितमा तयार भएको गीतको भिडियोलाई आनन्द कार्की अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।  मिसेस बेष्ट स्माईलको ताज जितेकी करुणा प्रधान र देवराज आचार्य अभिनित भिडियो ‘तिमी छौ र ?’ रिलिजको तयारीमा छ। सौन्दर्य पेशामा आवद्ध करुणाले सामाजिक काममा अग्रणी महिलाकारुपमा हङकङमा आफ्नो छवि बनाएकी छिन्। 

उनी अभिनय र समाजसेवालाई लक्ष्य मान्छिन्। अनु चौधरी र देवराज आचार्यको स्वर रहेको गीतलाई हिक्मत बुडाथोकीले लेखेका हुन्। संगित नरहरी प्रेमीको छ।  छायाङ्कन सम्पन्न गरिएको भिडियोलाई देवराज स्वयंमले निर्देशन गरेका छन्। रेशम दर्लामीले खिचेको भिडियो पदम सुवेदीले सम्पादन गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.