छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु, ७ घाइते
मुगु : छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
छाँयानाथ रारा नगरपालिका-१३ रुगाबाट आउँदै गरेको टयाक्टर र जुम्लाबाट मुगु आउँदै गरेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
छाँयानाथ रारा नगरपालिका—१३ रुगा गाउँबाट कर्णालीतिर आउँदै गरेको लु ४ च ६७६२ नम्बरको टयाक्टर दुर्घटना हुँदा टक्याक्टरमा सवार छाँयानाथ रारा नगरपालिका—१३ का २५ वर्षीय मुकुन्द लावतको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान ९ बजे रुगाबाट कर्णालीतिर आउँदै गरेको ट्याक्टर सडकबाट २५ मिटर तल खसेरको थियो।
दुर्घटनामा टयाक्टरका चालकसहित अन्य पाँचजना घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीसपी सुभाष हमालले जानकारी दिए।
जुम्लाबाट मुगु आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जीप जुम्लाको कनकासुन्दरी गाउँपालिका—१ बुलबुलेमा दुर्घटना हुँदा छाँयानाथ रारा नगरपालिका—२ का २५ वर्षीय दिपक तिरुवाको घटनास्थलमै मृत्यु भएको छ । उक्त जीपका चालक र अन्य एकजना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ।
प्रतिक्रिया दिनुहोस !