झापामा एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

झापामा  एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

झापा : झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ। 

मृत्यु हुनेमा झापा गाउँपालिका- ६ निवासी २३ वर्षीय राजेश कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। 

घाइते कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको डिएसपी पाठकले बताए। प्रहरीका अनुसार साउन ४ गते दिउँसो २ बजे कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा कुमरखोद सडक खण्डमा  दक्षिणबाट उत्तरतर्फ गई रहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। 

दुर्घटनामा परी स्कुटर चालक कार्की र सोही स्कुटरको पछाडि उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका थिए। घाइतेमध्ये चालक कार्कीलाई बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारका लागि पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो। यता एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड- १० निवासी ४६ वर्षीय चन्द्र बहादुर बिकलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.