सेनाद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण

सेनाद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण

झापा : नेपाली सेनाले झापा गाउँपालिका-७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिदिएको छ। 

नेपाली सेना पूर्वी कमान्ड हेडक्वाटरको बजेटबाट निर्मित विद्यालय भवनको आइतबार एक कार्यक्रमका बीच कमान्डका सेनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका हुन्। उद्घाटनपश्चात् उपरथी खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई भवन हस्तान्तरण गरेका थिए। 

उद्घाटन कार्यक्रममा बोल्दै उपरथी खड्काले भने, 'नेपाली सेना जनश्रमदानको लागि सधैं तयार छ, नागरिक-सैनिक सम्बन्ध विस्तार योजनाअन्तर्गत नै विद्यालय भवन बनाइएको हो।' 

उनले युद्द बाहेकका सैन्य गतिविधिहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुसार नागरिक र सैनिकबीचको सम्बन्ध अभिवृद्धि गर्नलाई वातावरण सुधार तथा संरक्षण, प्रकोप व्यवस्थापन, धार्मिक र सांस्कृतिक क्षेत्र र भौतिक पूर्वाधार निर्माणलगायतको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए। 

३२ लाख १८ हजार ८५५ रुपैयाँको लागतमा निर्मित सो विद्यालयमा भवनमा एउटा कक्षा कोठा, एउटा सभा हल र दुई वटा शौचालय निर्माण गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.