रोकिएन काँकडभिट्टामा सुपारी तस्करी

रोकिएन काँकडभिट्टामा सुपारी तस्करी

झापा : नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम अझै रोकिएको छैन। 

मोरङ प्रहरीले विराटनगरबाट भारततर्फ जाँदै गरेको इन्डोनेसियाबाट आयातित ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको आठ ट्रक सुपारी नियन्त्रण लिएको घटना चर्चामा रहेको बेला दिनहुँ जसो काँकडभिट्टा नाकाबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ। 

सोमबार बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ दुर्गा मन्दिरमा भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अन्दाजी ८७ हजार ५ सय मूल्य बराबरको सुपारी बरामद गरेको छ। त्यस्तै सोही दिन बिहान साढे ११ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ जेसिका ठ्याकमा भारततर्फ लैजाँदै गरेको अन्दाजी ९६ हजार मूल्य बराबरको सुपारी बरामद गरेको छ। 

ती सुपारी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। नेपाल प्रहरीले काँकडभिट्टा नाकाबाट पटक पटक सुपारी बरामद गरे पनि सीमा सुरक्षाको जिम्मा पाएका सशस्त्र प्रहरीले त्यसतर्फ खासै चासो देखाएको छैन। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकडभिट्टाबाट खटिएका टोली सीमामा चौबिसै घण्टा तैनाथ छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.