साथीसँग पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु

साथीसँग पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु

झापा : झापामा साथीहरूसँग पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-१ निवासी १८ वर्षीय उज्ज्वल खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । 

प्रहरीका अनुसार गौरादह नगरपालिका-९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा मंगलबार दिउँसो २ बजे खरेल साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेलिरहेका अन्य साथीहरू सकुशल निस्किएपनि खरेल खोलामै एकाएक बेपत्ता भएका थिए ।

उनको खोजीका लागि खटिएका १ नम्बर प्रदेश विपद् व्यवस्थापन कार्यालय भद्रपुरबाट इन्स्पेक्टर काशीनाथ रेग्मीको कमान्डमा १४ जना, इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र बेस क्याम्प बैगुनधुरा र अस्थायी प्रहरी चौकी बैगुन्धुराको टोलीले बुधबार बिहान साढे ८ बजे पानी मुनि डुबिरहेको अवस्थामा उनको शव फेला पारेको डीएसपी पाठकले बताए। उनको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइने उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.