उचित क्षतिपूर्तिको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

उचित क्षतिपूर्तिको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

झापा : राज्यले उचित क्षतिपूर्ति (मुआब्जा) नदिएको भन्दै दमक क्लिन पार्क संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। 

मुआब्जा विवादका कारण लामो समयदेखि आन्दोलनरत रहेका समितिका अध्यक्ष खगेन्द्र भट्टराई, प्रतिनिधिसभा सदस्य महेन्द्राकुमारी लिम्बु, दमक नगरपालिका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई, माओवादी नेता गगन पुरी, प्रकाश थापा लगायतको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई लिखित ज्ञापनपत्र बुझाएका हुन्। 

यसअघि समितिले २०७८ पुषमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका थिए। मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन नभएपछि समिति प्रधानमन्त्री समक्ष पुगेको हो।  

'क्लिन पार्क पीडितको आवाज सुनुवाइ गर्नुपर्ने, पार्कको वास्तविकता सार्वजनिक गर्नुपर्ने, पार्क निर्माणको काम पारदर्शी हुनुपर्ने, पार्क सञ्चालनमा सर्वदलीय समिति गठन गरिनुपर्ने, जग्गाधनीसँग वार्ता गरी क्षतिपूर्तिको समस्या समाधान गर्नुपर्ने, क्लिन पार्कमा के-के निर्माण हुने हो त्यसबारे श्वेतपत्र जारी गर्नुपर्ने, नेपाल चीन औद्योगिक पार्क के हो यसको वास्तविकता सबै जनता सामु खुलाउनु पर्छ प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र भनिएको छ।' 

चीन सरकारको लगानीमा बन्दै गरेको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका निर्माण भइरहेको  नेपाल चीनमैत्री औद्योगिक पार्क (दमक क्लिन पार्क) निर्माण गर्दा जग्गाधनीलाई उचित मुआब्जा नदिएको र वितरणमा वैज्ञानिकता नभएको भन्दै विभिन्न माग राख्दै स‌ंघर्ष समितिले स्थानीय सरकारदेखि जिल्ला प्रशासन कार्यालय झापा हुँदै, प्रदेश सरकारसम्मलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाइसकेको समितिका अध्यक्ष खगेन्द्र भट्टराईले जानकारी दिए। 
सरकारी मुआब्जा मूल्यांकन समितिले स्थानीय बासिन्दासँग छलफल नै नगरी एकलौटी रुपमा जग्गाको मूल्यांकन गरी रकम दिन थाले पनि आन्दोलित बन्न बाध्य भएको उनको भनाइ छ। तत्कालीन सरकारले पार्क निर्माणको क्रममा स्थानीय बासिन्दालाई अन्याय गरेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र त्यसका घटकले चरणबद्ध आन्दोलनसमेत गरेका थिए। 

१६ सय हेक्टर (२२ सय बिघा)मा बन्ने सो औद्योगिक पार्कको २०७७ साल फागुन १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कमल गाउँपालिका-७ स्थित झर्काहमा आयोजित भव्य कार्यक्रमका बीच शिलान्यास गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.