पहिरोमा घाइते भएका पुलसिङलाई हेलिकोप्टरबाट उद्दार

पहिरोमा घाइते भएका पुलसिङलाई हेलिकोप्टरबाट उद्दार

गोरखा : जिल्लाको धार्चे-१ यारुबगरमा पहिरोमा परी खच्चड धनी घाइते भएका छन्। चुमनुब्री गाउँपालिका-३ फिलिममा खाद्यान्न पुर्‍याई फर्केका धार्चे-७ भीरकुनाका ३७ वर्षीय पुलसिङ गुरुङ घाइते भएका हुन्। 

बिहान १० बजेतिर खच्चड लिएर यारुबगरमा हिँडिरहँदा माथिबाट खसेको ढुंगा लागेर टाउकोमा गम्भीर चोट लागेको नेपाली सेनाको सडक निर्माण कार्यदलका क्याप्टेन श्रीकृष्ण श्रेष्ठले जानकारी दिए। साथै उनको हात र खुट्टामासमेत गम्भीर चोट लागेको उनले बताए।

गम्भीर घाइते भएका उनलाई चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा तत्काल हेलिकोप्टर बोलाएर उद्धार गरी काठमाडौं शिक्षण अस्पताल पुर्‍याइएको चुमनुब्री-३ जगतका विशाल हिमाली घलेले जानकारी दिए। घाइतेलाई स्याहारसुसार गर्न साथीको रूपमा स्थानीय दुई जनालाई पठाइएको पनि उनले बताए।

फिलिममा खाद्यान्न सामग्री पुर्‍याएर खच्चड लिएर तल झर्दै गर्दा क्यान्टिलिभर पुल नजिककै माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घाइते भएका घलेले बताए। सडक निर्माणमा खटिएका नेपाली सेनाको टोलीले घटना देखेपछि उद्धार गर्न स्थानीयहरूलाई आग्रह गरेका थिए। 

गोरखाको दुर्गममा रहेको चुमनुब्री र धार्चे गाउँपालिकामा यातायात सेवा नहुँदा सिकिस्त बिरामी र घाइतेलाई उपचार गर्न हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.